रिटर्नी फेडेरेशन नेपाल, रुकुम पुर्बको प्रथम अधिवेशनबाट भद्रबहादुर केसीको अध्यक्षतामा २२ सदस्सिय कमिटी सर्वसम्मत

रिटर्नी फेडेरेशन नेपाल, रुकुम पुर्बको प्रथम अधिवेशनबाट भद्रबहादुर केसीको अध्यक्षतामा २२ सदस्सिय कमिटी सर्वसम्मत

"0" Comments

रुकुम पूर्व । नेकपा एमालेको भातृ संगठनका रुपमा रहेको रिटर्नी फेडेरेशन नेपाल, रुकुम पुर्बको प्रथम अधिवेशनवाट सम्पन्न भएको छ । उक्त अधिवेशनबाट भद्रबहादुर केसीको अध्यक्षतामा २२ सदस्सिय कमिटी सर्वसम्मत गठन गरिएको छ ।

कमिटीको उपाध्यक्ष प्रमोद कुमार मल्ल, सचिवमा दिपक जैसी, उप–सचिवमा कमान घर्ती र कोषाध्यक्षमा तुलाराम जैसी रहेका छन् ।

त्यस्तै सदस्यहरुमा क्रमशः कुलराज गौतम, टोप बहादुर केसी, पुर्ण प्रसाद शर्मा, कुमार केसी, प्रकाश रिजाल, गजबहादुर थापा, भुवन केसी, हरि प्रसाद गौतम, गणेश केसी, बलुराम जैसी, राजेन्द्र मल्ल, योगेन्द्र विक, बल बहादुर केसी, सन्तोष वुढाथोकी, कमल विसी, वसन्त मल्ल र धन वहादुर जैसी रहेको बताईएको छ ।

प्रथम अधिवेशन आयोजक कमिटी संयोजक हरिहर पौडेलको अध्यक्ष र फेडेरेशनका केन्द्रीय सदस्य सन्तोष खड्काको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको विशेष अतिथिमा एमाले रुकुम पूर्वका अध्यक्ष लिलामणि गौतम रहनु रहेका थिए ।

साथै कार्यक्रममा एमाले जिल्ला कमिटी सचिवालय सदस्य किरण गौतम, जिल्ला कमिटी सदस्य कमल प्रसाद जैसी, युवा संघका केन्द्रीय सदस्य शेखर केसी (केशव), भुतपुर्व सैनिक तथा प्रहरी संगठन रुकुम पुर्वका अध्यक्ष मदन केसी, लोकतान्त्रिक आदिवासि जनजाति महासंघ रुकुम पुर्वका उपाध्यक्ष कमानसिंह घर्ती लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको सन्चालन कुलराज गौतमले गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *