सिस्ने गाउँपालिकामा अत्यावस्यक वाहेकका सेवा बन्द
सिस्ने गाउँपालिकामा अत्यावस्यक वाहेकका सेवा बन्द

रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिकाका कर्मचारीले अत्यावस्यक बाहेकका सेवा बन्द गरेका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–६ मा कार्यरत वडा सचिव नवीन भुसालमाथि वडा अध्यक्ष बलबहादुर गुरुङले कुटपिट गरेको घटनाले सरकारी कर्मचारीहरूको सुरक्षासम्बन्धी प्रश्न खडा गरेको भन्दै कर्मचारीले सेवा बन्द गरेका हुन् ।
घटनाप्रति सिस्ने गाउँपालिका, रुकुम (पूर्वी भाग) ले ध्यानाकर्षण जनाउँदै विरोध जनाएको हो । आज एक प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकाले घटनाको निन्दा गर्दै दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेको छ ।
सिस्ने गाउँपालिकाले घटनालाई गम्भीर रूपमा लिँदै दोषीलाई कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ । पीडित सचिव नवीन भुसालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै गाउँपालिकाका कर्मचारीले घटनाको विरोधमा सबै काम बन्द गर्ने निर्णय गरेका हुन् ।
आज गाउँपालिकाका सम्पूर्ण कार्यालयहरू बन्द गरिएका छन्, जसका कारण अत्यावश्यक बाहेकका सबै सेवा स्थगित छन् ।