सिस्नेमा वार्षिक परीक्षा सञ्चालन सम्बन्धी छलफल सम्पन्न
सिस्नेमा वार्षिक परीक्षा सञ्चालन सम्बन्धी छलफल सम्पन्न
रुकुम पुर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिकामा २०८१ सालको गाउँपालिका स्तरीय वार्षिक परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा प्रधानाध्यापकहरूसँग छलफल सम्पन्न गरीएको छ । छलफलबाट परीक्षा मिति, परीक्षा केन्द्र तथा अन्य व्यवस्थापन सम्बन्धी महत्वपूर्ण निर्णयहरू गरिएको छ।
वार्षिक परीक्षा फागुन २६ गतेदेखि चैत ५ गतेसम्म सञ्चालन गरिने भएको छ। कक्षा ८ का परीक्षाको लागि विभिन्न परीक्षा केन्द्र तोकिएको छ। वडा नं. १ का विद्यार्थीहरूका लागि हिमालय माध्यमिक विद्यालय, पाखापानी, वडा नं. २ का लागि हिमालय माध्यमिक विद्यालय नायगाड, वडा नं. ३ का लागि जनता माध्यमिक विद्यालय पोखरा, वडा नं. ४ का लागि जनप्रिय माध्यमिक विद्यालय दादिङ्ग, वडा नं. ५ का लागि रुक्मिणी माध्यमिक विद्यालय रुकुमकोट, वडा नं. ६ का लागि त्रिभुवन जनता माध्यमिक विद्यालय छिप्रिदह, वडा नं. ७ का विद्यार्थीहरूका लागि वडा नं. ८ मा रहेको सानोभेरी माध्यमिक विद्यालय, लम्पाकोट; तथा वडा नं. ८ का लागि आधारभूत विद्यालय, स्यालापाखालाई परीक्षा केन्द्र तोकिएको छ।
कक्षा ५ को परीक्षा भने वडा समितिको व्यवस्थापनमा प्रत्येक वडाको पायक पर्ने विद्यालयमा सञ्चालन गरिनेछ। उत्तरपुस्तिका परीक्षण गरी नतिजा प्रकाशन गरिने व्यवस्था मिलाइनेछ। परीक्षा निष्पक्ष र व्यवस्थित बनाउन कक्षा ८ को परीक्षा केन्द्रमा वडान्तर निरीक्षक खटाइने शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मंगलसिह बुढाले जानकारी दिए ।
प्रश्नपत्र निर्माणको जिम्मेवारी गाउँपालिका परीक्षा व्यवस्थापन तथा सञ्चालन समितिलाई दिइनेछ। समितिले आवश्यक छलफल गरी प्रश्नपत्र निर्माण गर्ने, सिस्ने गाउँपालिकाले यो निर्णयमार्फत वार्षिक परीक्षालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने प्रयास गरेको छ। अबका दिनहरूमा परीक्षा तयारीलाई थप सशक्त बनाउन आवश्यक प्रक्रिया अगाडि बढाइने छ।

Amazing selection of slots and the winning streaks have been great lately. I’m totally hooked on xojilicasino now!