२६ औं यदु स्मृति दिवश रुकुम पश्चिममा पनि मनाइयो
२६ औं यदु स्मृति दिवश रुकुम पश्चिममा पनि मनाइयो

रुकुम पश्चिम । रुकुम पश्चिममा पनि २६ औं यदुस्मृति दिवस मनाइएको छ। नेकपा एमाले चौरजहारी नगर कमिटीको आयोजनामा चौरजहारीमा रहेको युद स्मृति प्रतिष्ठानको भवनमा यदु स्मृति दिवस मनाइएको हो ।
कार्यक्रममा बोल्दै पाटीका केन्द्रिय परिषद सल्लाकारले यदु गौतमको हत्या भएको लामो समय सम्म पनि परिवारले न्याय नपाएको बताए । फरक राजनितिक आस्ताकै कारण युदको हत्या भएको उनको दावि थियो । दिवसको अवसरमा यदुले रुकुमको राजिनितमा गरेको योगदानको स्मरण गरिएको थियो । उनले नेकपा एमाले गरेको योगदानलाई सधै स्मरण गरिने एमाले जिल्ला कमिटि अध्यक्ष नन्दराम देवकोटाले बताउनुभयो । उहाँको हत्या पछि जिल्लाको कम्युनिष्ट आन्दोलनमा ठुलो धक्का भएको देवकोटाको भनाइ थियो ।
दिवसको अवसरमा “शहिदको बलिदानीः हाम्रो जिम्मेवारी” बिषयक बिद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगगीता पनि आयोजना गरिएको थियो । प्रतियोगितामा मावि खहरेका कबिता बुढा प्रथम, मावि खोलागाँउका केशव ओली दोस्रा र सितल माविका सुदाम गौतम तेस्रो र भ्याली पब्लिकका दिया लामिछाने र आधारभुत बिद्यालयका भावना जैसी सान्त्वना हुनुभएको छ ।
चौरजहारीका नगर कमिटी अध्यक्ष अतिराम ओलीको अध्यक्षता र केन्द्रिय सल्लाहकार गोबिन्द केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।।