रुकुम पश्चिममा बुद्धभुमि मानव सेवा आश्रमको शाखा स्थापना

रुकुम पश्चिममा बुद्धभुमि मानव सेवा आश्रमको शाखा स्थापना

"0" Comments

रुकुम पश्चिम । रुकुम पश्चिममा बुद्धभुमि मानव सेवा आश्रमको शाखा स्थापना भएको छ । आज मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीले आश्रमको उद्धघाटन गरे । शाखा मुसिकोट नगरपालिका– १ सल्लेमा संचालन भएको छ ।

शाखा उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख महेन्द्र केसीले नगरपालिकाले शाखा सञ्चालनले सडकमा बेबारिसे रहेकाहरुलाई व्यवस्थापनमा सहज हुने बताए । खंलगाका सडकमा बेबारिसे रुपमा केहि मानिसहरु हिडिरहेको देखिएको उनको भनाइ छ । ति मानिसलाई अव जिल्लामै रहेको मानव सेवा आश्रममा राखिने बताए । मानव सेवा आश्रमको लागि आगामि आर्थिक बर्षमा नगरपालिकाले वजेट विनियोजन गर्ने उनको भनाई थियो ।

तेस्रो शाखाको रुपमा मुसिकोटमा सञ्चालनमा आएको मानव सेवा आश्रममा अहिले एक जना महिला र दुइ पुरुष गरेर तिन जनाले आश्रम लिइ रहेका छन् । मुसिकोट नगरपालिकाको १ जना, चौरजहारी नगरपालिकाको १ जना र रुकुमकोटको एक जनाले आश्रममा आश्रय लिइरहेको मानव सेवा आश्रमका अध्यक्ष खम्वुप्रशाद जैसीले बताए ।

उनका अनुसार आश्रममा बेबारिसे रुपमा रहेकाहरुलाई निशुल्क रुपमा राखिने गरिएको छ । परिवारहरु सम्पर्कमा आएमा मानव सेवा आश्रमबाटनै परिवारको जिम्मामा लगाइने पनि अध्यक्ष जैसीले बताए । कोहि बेबारिसे मानिस भेटिएमा स्थानीय सरकारको जनप्रतिनिधि र प्रहरीको रोहोवरमा आश्रममा लिने गरिएको छ ।

आश्रम ४० जना क्षेमताको रहेको छ । अहिले दुइ जना कर्मचारी र एक जना सुरक्षा गार्ड गरेर तिन जना कर्मचारीले आश्रममा रहेकाहरुको सेवा दिइरहेका छन् । आश्रम मुसिकोट नगरपालिका– १ बराहटाुरा र सल्ले जोड्ने झोलुङ्गे पुलको माथि रहेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *