पत्रकार महासंघ रुकुम पश्चिम शाखामा पेशागत संगठनको तालाबन्दी

पत्रकार महासंघ रुकुम पश्चिम शाखामा पेशागत संगठनको तालाबन्दी

"0" Comments

रुकुम पश्चिम । बिभिन्न समस्याहरु देखाउदैं नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम पश्चिम कार्यलयमा बिभिन्न पेशागत संगठनहरुले तालबन्दी गरेका छन् । प्रेस युनियन, प्रेस चौतारी र समाजवादी प्रेस संगठन रुकुम पश्चिमले दवाब स्वरुप यस्तो गरेको बिज्ञप्ती मार्फत बताएका छन् ।

गत फागुन २५ गते सामूहिक छलफल गरी पत्रकार महासंघ जिल्ला शाखाका विवादित विषयहरु ‘सदस्यता शुद्धिकरण तथा सिफारिस, महासंघ भित्रको आर्थिक पारदर्शिता, समानुपातिक विज्ञापन प्रणाली पत्रकार आंचार सहिता र पत्रकार महासंघ सबैको महासंघ बनाउनको लागि तीन वटै संगठनहरुले गरेको संयुक्त प्रेस वक्तव्य मार्फत गरेका जारी गरेका थिए ।

यसअघि विज्ञप्ती मार्फत आफुहरुले गराएको ध्यानाकर्षणलाई वेवास्ता गरेको आरोप लगाउदैं आज अर्को विज्ञप्ती जारी गरेर कार्यालयमा तालाबन्दी गरिएको छ ।

अघिल्लो विज्ञप्तीमा मार्फत समय सिमाभित्र महासंघलाई उठान गरिएका समस्या समाधानका लागि वार्ता, छलफल र संवादबाट टुंग्याउन प्रयास गरेको तर प्रयासहरु सफल नभएको भनिएको छ ।

‘हामी सहयोग गर्छौं भन्दाभन्दै महासंघ को दम्भ र पत्रकार महासंघ रुकुम पश्चिमलाई एकलौटी र मनपरी चलाउन खोज्नु र पटक–पटक बैठक आयोजना गरेर पनि अध्यक्ष स्वयम उपस्थित नहुनुले पत्रकार महासंघ रुकुम पश्चिम भित्रको समस्या र ज्यादती छताछुल्ल भएको छ ।’ विज्ञप्तीमा भनिएको छ, ‘पत्रकाहरुमा समेत नैरश्यता उत्पन्न भएको छ । यस अवस्थामा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम पश्चिम भित्रको सबै समस्याहरु समधान नहुञ्जेलको लागि हामी तिनवटै संगठनहरु नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम पश्चिमको सम्पर्क कार्यालयमा तालाबन्दी गर्न बाध्य भएका छौं ।’

तिनवटै संगठनले अन्य पत्रकार संघ–संगठन र क्रियाशील पत्रकारहरुलाई विद्यमान समस्या समाधानको लागि गोलबद्ध भएर नेपाल पत्रकार महासंघको गरिमा बढाउन सामूहिक रुपमा आह्वान समेत गरिएको छ ।

साथै जिल्लास्थित सवै सरकारी तथा गैरसरकारी कार्यालयलाई यस्तो विवादित पत्रकार महासंघ संग कुनै पनि सहकार्य नगर्न नगराउन समेत विज्ञप्तीमा भनिएको छ ।

नेपाल प्रेस युनियन रुकुमका तर्फबाट अध्यक्ष सुमित्रा केसी, अध्यक्ष प्रेस चौतारीका तर्फबाट अध्यक्ष परिचन्द्र खत्री र समाजवादी प्रेस संगठनका तर्फबाट भरत चन्दले हस्ताक्षर गरेर विज्ञप्ती जारी गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *