रुकुम पश्चिम-पूर्वमा विद्युत सेवा अवरुद्ध

रुकुम पश्चिम-पूर्वमा विद्युत सेवा अवरुद्ध

"1" Comments

रुकुम पश्चिम । रुकुम पश्चिम र पूर्वमा हिजो विहानदेखी विद्युत सेवा अवरुद्ध भएको छ । दाङबाट सल्यान हुदैं रुकुम पश्चिमसम्म आएको ३३ केभिए प्रशारण लाईनमा समस्या आएका कारण अवरुद्ध विद्युत सेवा नियमित हुन सकेको छैन ।

नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम प्रशारण केन्द्रका प्रमुख विरमान रास्कोटीले सल्यानको सिमखोली भन्ने ठाउँमा हिजो विहानपख परेको चट्याङका कारण पोलमा असर परेको समस्या पहिचान भैसकेको र समाधानको प्रयास गरिरहेको बताएका छन् । ‘सल्यानको बागचौरसम्म पनि हाम्रै कार्यक्षेत्र हो । यहाँ (रुकुम मुसिकोट)बाट समस्या पहिल्याउदैं जादाँ सिमखोलीमा फल्ट देखिएपछी मर्मतको काम भैरहेको छ ।’ उनले भने, ‘करिब १ बजेभित्रमा विद्युत नियमित गर्नगरी काम गरिरेका छौं ।’

दुई जिल्लामा २४ घण्टादेखी विद्युत अवरुद्ध हुदाँ जनजीवनमा यसको असर परेको छ भने टेलिफोन तथा ईन्टरनेट सेवा पनि अनियमित भएको छ ।


One thought on “रुकुम पश्चिम-पूर्वमा विद्युत सेवा अवरुद्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *