रुकुम पूर्व र पश्चिममा निशेधाज्ञा, दुबै जिल्लाको शान्ती-सुरक्षाको अवस्था सामान्य
रुकुम पूर्व र पश्चिममा निशेधाज्ञा, दुबै जिल्लाको शान्ती-सुरक्षाको अवस्था सामान्य
रुकुम पूर्व । रुकुम पूर्व र पश्चिम जिल्लामा निशेधाज्ञा कायम गरिएकाे छ । आज शुक्रबार दुबै जिल्लाका प्रशासन कार्यालय मार्फत छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै आज दिनभरीका लागी निशेधाज्ञा लगाइएकाे जानकारी गराईएको हो ।
रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी सिता परियारद्धारा जारी विज्ञप्तीमा जिल्लामा हुनसक्ने प्रदर्शन, जुलुस, हुलदंगा र झडप आदीका कारण प्रतिकुल अवस्था सिर्जना भई शान्ती–सुरक्षा भङग हुनसक्ने परिस्थितीलाई दृष्टीगत गरी आज दिउसो १२ बजेदेखि साँझ ७ बजेसम्म जिल्ला सदरमुकाम रुकुमकोट क्षेत्रमा निशेधाज्ञा जारी गरिएको छ ।
त्यस्तै रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद द्धारा जारी विज्ञप्तीमा ‘बिभिन्न स्थानमा विरोध प्रर्दशन र जुलुस जस्ता शान्ती खलबल्याउने क्रियाकलाप भैरहेको’ भन्दै ‘शान्ती सुरक्षामा गम्भिर चुनौती हुनसक्ने देखिएकाले रुकुम पश्चिमको जिल्ला प्रशासन कार्यलयमा आज विहान बसेको जिल्ला सुरक्षा समितीको निर्णय बमोजिम जिल्ला सदरमुकामको मुख्य बजार क्षेत्र खलंगा संगै पातुखोला सेरिगाउँ र पिपलनेटा तथा ६ वटै पालिका केन्द्र र सो वरपर ५ सय मिटर दुरीको क्षेत्रमा आज १० बजेदेखी साँझ ५ बजेसम्मका लागी ५ जनाभन्दा बढी व्यक्ति आवतजावत नगर्ने वा भेला नहुन’ अनुरोध गरिएको छ ।
रुकुम पश्चिम स्थित जिल्ला कारागारबाट गत मंगलबार साँझपख कैदी बन्दीहरु फरार भएपछी यस क्षेत्रको सुरक्षा चुनौती बढेको बताईएको छ । प्रजिअ थानीका अनुसार कारागारमा रहेका जम्मा १ सय ५८ जना कैदी मध्ये ८८ जना फरर भएकामा अहिलेसम्म ५० जनालाई पक्राउ गरी फिर्ता ल्याईएको छ भने बाँकी ३८ जना अहिले पनि फरार रहेका छन् । उनिहरुको खोजीकार्य जारी रहेको पनि प्रशासनले जनाएको छ ।
यसबाहेक दुबै जिल्लाको शान्ती–सुरक्षाको अवस्था समान्य रहेपनि प्रहरी र नेपाली सेनाले सक्रियता बढाएको छ । जिल्ला कारागारमा सशस्त्र प्रहरीको तैनाथी छ भने प्रहरी संगै नेपाली सेनाले पनि बजार क्षेत्रमा गस्ति गरिरहेको छ । यहाँका मुख्य बजार र गाउँघरमा भने मान्छेहरु सामन्य तरिकाले आफ्नो नियमित कामकाज गरिहेका छन् ।

https://shorturl.fm/CCt9N
https://shorturl.fm/RcvaU
https://shorturl.fm/NgXUR
https://shorturl.fm/GAfWd
https://shorturl.fm/pJd2g
https://shorturl.fm/1r4ww