चौरजहारीको चौफा बजारमा काग तिहार विशेष मेला आयोजना गरिदैं

चौरजहारीको चौफा बजारमा काग तिहार विशेष मेला आयोजना गरिदैं

"4" Comments

रुकुम पश्चिम । चौरजहारी नगरपालिका वडा नं. ११ स्थित चौफा बजारमा काग तिहार बिशेष मेला आयोजना गरिएको छ । यो मेलाका अवसरमा बिभिन्न खेलकुद प्रतियोगिता समेत राखिएको आयोजक मार्फत जानकारी दिईएको छ ।

यस मेलाको अवसरमा खुला वडा स्तरिय पुरुष भलिबल र चेस तथा लोक दोहोरी प्रतियोगिताको आयोजना गरिएको मेला आयोजक समितीका कोषध्यक्ष इन्द्र बहादुर डाँगीले बताएका छन् । उनका अनुसार भलिबलमा प्रथम हुने टिमलाई १ लाख, द्धितीय हुने टिमलाई ५० हजार र सान्त्वना हुने टिमलाई २० हजार नगदका साथै ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ ।

साथै मेलामा आयोजना गरिने चेस प्रतियोगिताको प्रथमलाई ५ हजार, द्धितीयलाई ३ हजार र तृतीयलाई २ हजार नगद पुरस्कार प्रदान गरिनेछ भने लोक दोहोरीमा प्रथमलाई ४ हजार, द्धितीयलाई ३ हजार र तृतीयलाई २ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

उल्लेखित प्रतियोगितामा भाग लिनका लागी असोज ३१ गते साँझ ५ बजे सम्म दर्ता मिती निर्धारण गरिएको बताउदैं आयोजक समितीका अध्यक्ष लोकेश मल्लले कार्तिक १ गते शनिबार भव्यताका साथ मेलाको उद्घाटन गरिने बताए ।

भलिबलका लागी दर्ता शुल्क ७ हजार एवम् चेस र लोक दाहोरी लागी ५/५ रुपैयाँ तोकिएको अध्यक्ष मल्लको भनाई छ।


4 thoughts on “चौरजहारीको चौफा बजारमा काग तिहार विशेष मेला आयोजना गरिदैं

Leave a Reply

Your email address will not be published. Required fields are marked *