‘पार्टीले निर्णय नगरे पनि संसद् पुनर्स्थापनाको माग लिएर हस्ताक्षरसहित अदालत जान्छौँ’
‘पार्टीले निर्णय नगरे पनि संसद् पुनर्स्थापनाको माग लिएर हस्ताक्षरसहित अदालत जान्छौँ’
काठमाडौं । महाधिवेशनको मिति विवादमा अल्झिएको नेपाली कांग्रेसभित्र निवर्तमान प्रतिनिधिसभाका प्रमुख सचेतक श्याम घिमिरेको नेतृत्वमा प्रतिनिधिसभा पुनर्स्थापनाका लागि हस्ताक्षर संकलन थालेपछि अर्को किचलोमा फसेको छ ।
घिमिरेले शनिबारबाट सांसदहरूको हस्ताक्षर जुटाउन थालेका थिए । यो अभियानप्रति इतर पक्षका नेता नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापानिकट मात्रै नभई संस्थापन पक्षकै नेताहरूले विरोध जनाइरहेका छन् ।
हस्ताक्षर अभियानको विपक्षीमा उभिएर महामन्त्री थापाले पनि पार्टी चुनावमा जाने बताए । आजै एक भिडिओ सन्देश जारी गर्दै भनेका छन्, ‘फागुन २१ मा चुनाव हुन्छ, नो इफ, नो बट । चुनावमा हामी सबैले भाग लिने हो ।’
जारी केन्द्रीय समिति बैठकमा पनि संसद् पुनर्स्थापनाको पक्षमा लाग्ने कि चुनावको तयारी थाल्ने भन्नेबारे फरक फरक धारणा आइरहेको छ । तर, घिमिरेले बैठकमा बहुमत सदस्य संसद् पुनर्स्थापनाको पक्षमा धारणा राखेको दाबी गरे । केन्द्रीय समिति बैठकले पार्टी संसद् पुनर्स्थापनाको पक्षमा उभिने निर्णय गर्नुपर्ने उनको भनाइ छ ।
नेपालप्रेस डटकमबाट साभार ।
