चैते दशैंको अवसरमा सिस्ने–६ मा भलिवल प्रतियोगिता

चैते दशैंको अवसरमा सिस्ने–६ मा भलिवल प्रतियोगिता

"3" Comments

रुकुम पूर्व। सिस्ने गाउँपालिका वडा नं. ६ मा चैते दशैंको अवसरमा भलिवल प्रतियोगिता सम्पन्न गरिएको छ । स्थानिय खेलकुद क्लबको आयोजनामा गत सोमबारदेखी संचालन गरिएको प्रतियोगिता आज समापन भएको हो ।

‘स्वाथ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ हरेक वर्ष चैते दशैंमा आयोजना गरिने यो प्रतियोगिता सिस्ने–६ स्थित रिउरेनी खेल मैदानमा संचालन गरिएको थियो।

प्रतियोगिताबाट बाँफिकोट–१ प्रथम, रोल्पाको थवाङ–२ दोस्रो र भुमे–४ ले तेस्रो स्थान हात पारेका छन् भने आयोजक सिस्ने–६ ले सान्त्वना स्थानमा चित्त बुझाएको छ । गत चैत ९ गते देखी सञ्चालन भएको यस प्रतियोगितामा जम्मा १४ वटा टिम समावेश भएको क्लबका अध्यक्ष हरि थापाले जानकारी दिए । खेल र खेलाडीको विकासका लागी योगदान होस् भनेर प्रतियोगिताको आयोजना गरिएको थापाको भनाई छ ।

आज एक समारोहको आयोजना गरी विजेता टिमलाई पुरस्कार वितरण गरिएको थियो । उक्त समारोहमा बोल्दै कायृक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रुकुम पूर्वका उप–प्रमुख मोहन केसीले विजयी टिमलाई बधाई तथा शुभकामना दिनुका साथै प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई समेत धन्यवाद दिएका छन् ।


3 thoughts on “चैते दशैंको अवसरमा सिस्ने–६ मा भलिवल प्रतियोगिता

Leave a Reply

Your email address will not be published. Required fields are marked *