आठविसकोट– १३ को वडा कार्यालयमा शुक्रबार देखि तालाबन्दी

आठविसकोट– १३ को वडा कार्यालयमा शुक्रबार देखि तालाबन्दी

"3" Comments

रुकुम पश्चिम  । रुकुम पश्चिमको आठविसकोट नगरपालिका– १३ को वडा कार्यालयमा शुक्रबार दिउँसो साढे ३ बजे देखि ताला लागेको छ । वडामा लामो समय सम्म काम गरेको कार्यालय सहयोगि प्रेमप्रशाद पुनलाई सेवाबाट हटाइएको भन्दै नेकपा एमाले वडा कमिटिले वडा कार्यालयमा ताला लगाएको हो ।

वडाले राजनिति पुर्वआग्रह राखेर कार्यालय सहयोगि पुनलाई सेवाबाट हटाइएको एमाले वडा कमिटि अध्यक्ष आशाराम थापाले बताए । ‘२०७४ मंसिर १९ गते पुनलाई नगरपालिकाले नियुक्ति दिएको थियो, काम गर्न थालेको लामो समय भएको थियो, तर नगरपालिकाले राजनितिक पुर्वआग्रह राखेर पुनलाई सेवाबाट हटाएको छ’, वडा कमिटि अध्यक्ष थापाले भने ।

पुन विपन्न परिवारको मान्छे रहेको एमालेले जनाएको छ । उनको श्रीमती अपाङ्ग रहेको पुर्व वडा अध्यक्ष विनोद पुनले बताए । घरको आर्थिक अवस्था कमजोर भएकै कारण पनि पुनलाई आफ्नो कार्यकालमा कार्यालय सहयोगिमा नियक्ति दिएइको पुर्व वडा अध्यक्ष पुनको भनाई छ ।

गत चैत्र १७ गते बसेको नगरकार्यपालिका बैठकको निर्णय नम्वर ८ मा पुनलाई करार सेवाबाट हटाउने निर्णय भएको छ । ‘वडा नम्वर १३ को वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगि प्रेमप्रशाद पुनको कार्य सम्पादन राम्रो नभएको र पटक पटक सम्झाई बुझाई गर्दा पनि कार्यसम्पादनमा आवश्यक सुधार हुन नसेकेको भनि वडा कार्यालयबाट लिखितपत्र प्राप्त भएकाले निजलाई आगामि दिनमा योग्य नठहरिने गरि आजैकै दिन देखि लागु हुने गरि करार सम्झौता सेवाबाट बर्खास्त गर्ने’, भनि निर्णयमा लेखिएको छ ।

वडा कार्यालयमा ताला लगाए पछि सेवा प्रवाहमा समस्या भएको वडा अध्यक्ष टेकबहादुर थापाले जानकारी दिए । ‘शुक्रबार साढे तिन वजे वडामा कार्यालय सहयोगि हटाइएको विषयमा ताला लगाइएको हो, मैले ताला खुलाउन प्रयास गरेको छु, अहिले विहान पनि ताला खुलाउन छलफलमा वसेका थियौ, सहमति हुन सकेको छैन, आजै ताला खुलाएर सेवा सुरु गर्ने प्रयासमा छौ’, वडा अध्यक्ष थापाले भने ।


3 thoughts on “आठविसकोट– १३ को वडा कार्यालयमा शुक्रबार देखि तालाबन्दी

Leave a Reply

Your email address will not be published. Required fields are marked *