मुसिकोटमा अर्गानिक कृषि मार्ट सञ्चालनमा आयो

मुसिकोटमा अर्गानिक कृषि मार्ट सञ्चालनमा आयो

"0" Comments

रुकुम पश्चिम  । रुकुम पश्चिममा अर्गानिक कृषि मार्टको उद्घाटन भएको छ । जिल्लाको मुसिकोट नगरपालिका –१ खलङगा कालिकामन्दिर नजिक ‘मुसिकोट कृषि उद्योगको अर्गानिक कृषि मार्टको उद्घाटन गरिएको हो ।

आज बिहान मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीले उद्घाटन गरे । कृषि मार्टले स्थानीय उत्पादनको बजारीकरणमा सहजिकरण गर्ने उनको भनाई थियो ।

करिब १३ लाखको लगानीमा मार्ट सञ्चालन गरिएको संचालक रविन्द्र विष्टले जानकारी दिए । सञ्चालक बिष्टका अनुसार कृषि उपजको बजारीकरणमा समन्वय, महिला र युवा उद्यमीलाई प्रोत्साहन, स्थानीय उत्पादनको खपत र कृषिलाई व्यवसायिकरण गर्ने उद्धेश्यका साथ अर्गानिक कृषि मार्ट सञ्चालन गरिएको हो ।

दाल, मह, घ्यु, दहि, दुध, टिमुर, भाङगो, सिमी लगायतका खाद्य समाग्रीहरु मार्टबाट उपलब्ध हुनेछन् । त्यसैगरी डोका, नाङला, मुढा, अल्लो र ढाकाका कपडाहरु समेत मार्टमा पाईने सञ्चालक बिष्टको भनाई छ ।

मार्ट सञ्चालनका लागि मुसिकोट नगरपालिकाले समेत सहयोग गरेको छ । बिष्टका अनुसार स्थानीय सरकारले मार्ट सञ्चालनको व्यवस्थापनमा अनुदान प्रदान गरेको छ । नगरपालिकाले मार्ट सञ्चालनको लागी करिब दुई वर्षको घरभाडा र तीन लाख रुपियाँ सहयोग गर्ने भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *