कालिका लघुबित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
कालिका लघुबित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
रुकुुम पश्चिम । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड मुसिकोट शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मुसिकोट नगरपालिकाका सामाजिक विकास समिति संयोजक एक्कबहादुर पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
वित्तीय साक्षरताको महत्वबारे जानकारी दिन तथा उत्कृष्ट केन्द्रहरूलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मुसिकोट शाखा प्रमुख सिर्जना केसीले जानकारी दिइन् । कार्यक्रममा बोल्दै नगरपालिका समाजिक विकास समिति संयोजक तथा मुसिकोट ७ का वडाअध्यक्ष एक्कबहादुर पाण्डेले वित्तीय साक्षरताको महत्व निकै रहेको बताए ।
स्थानीय माझमा वित्तीय साक्षरताको खाचो रहेको बताउदै यस्ता कार्यक्रमलाई अझ प्रभावकारी वनाउन उहाँले आग्रह गरे । महिलाहरूलाई आत्मनिर्भर बनाउन वित्तीय ज्ञान अपरिहार्य रहेको उनको धारणा थियो ।
बचत तथा लगानीको उचित व्यवस्थापन, ऋणको प्रभावकारी उपयोग, वित्तीय योजना, उद्यमशीलताको प्रवद्र्धन र समुहगत सहकार्यको विषयमा जानकारी लिन सहभागीहरुलाई आग्रह समेत गर्नुभएको छ ।
कालिका लघुबित्तका अनुगमन अधिकृत दिपक बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिनेश खड्का, वडा नम्बर ३ का वडाध्यक्ष दशरथ केसी, वडा नम्बर ५ का वडाध्यक्ष समिरजङ मल्ल, वडा नम्बर ६ का वडाध्यक्ष भानु मल्ल, वडा नम्बर ११ का कार्यवाहक वडाध्यक्ष शशीराम रोका, नेपाल पत्रकार महासंघ जिल्ला शाखा उपाध्यक्ष देवकुमार ओली लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै कार्यक्रमकामा उत्कृष्ट हुने महिला सदस्यहरू तथा केन्द्रहरूलाई सम्मान गरिएको छ । उत्कृष्ट ऋणी मञ्जरी कालिका महिला विकास केन्द्रकी सम्झना केसी, उत्कृष्ट बचतकर्ता ठुलीदह कालिका महिला विकास केन्द्रकी विनिता सुनार र उत्कृष्ट केन्द्र प्रमुख पारिजात कालिका महिला विकास केन्द्रकी सोभा परियार दमाई उपहार र सम्मान पत्रले सम्मान गरिएको हो ।
त्यस्तै बार्षिक केन्द्र मुल्याङकन तर्फ दशौं स्थानसम्मलाई सम्मान गरिएको छ । जसमा प्रथम ठुली दह कालिका महिला विकास केन्द्र, दोस्रो उकाली कालिका महिला विकास केन्द्र, तेस्रो स्वारा कालिका महिला विकास केन्द्र, चौथो लेकबेसी कालिका महिला विकास केन्द्र, पाँचौ सुन्दरबस्ती कालिका महिला विकास केन्द्र रहेको छ ।
त्यस्तै छैटौँ ग्याम्माखोला कालिका महिला विकास केन्द्र, सातौ व्यापारिक कालिका महिला विकास केन्द्र, आठौँ दलाखेत कालिका महिला विकास केन्द्र, नवौ बर्खेटाकुरी कालिका महिला विकास केन्द्र र दशौँमा नमुना बस्ती कालिका महिला विकास केन्द्रलाई बिभिन्न उपहार नगद र प्रमाणपत्रले सम्मान गरिएको छ ।
वित्तीय साक्षरता कार्यक्रममा मुसीकोट नगरपालिका, त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका र बाँफिकोट गाउँपालिकाबाट ८५ जना समुहमा आबद्ध महिला सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन मुसिकोट शाखा प्रमुख सिर्जना केसीले गरेकी थिइन् ।।
