डिप्रोक्स लघुवित्त वित्तीय संस्था रुकुमकोट शाखाद्वारा एक छात्रा पुरुस्कृत
डिप्रोक्स लघुवित्त वित्तीय संस्था रुकुमकोट शाखाद्वारा एक छात्रा पुरुस्कृत
रुकुम पुर्व । डिप्रोक्स लघुवित्त वित्तीय संस्था रुकुमकोट शाखाले एक छात्रालाइ पुरुस्कार प्रदान गरेको छ । संस्थाको २४ औ स्थापना दिवसको अवसरमा गत बर्षको एसईईमा उत्कृष्ट अंक ल्याउने संगम बुढा मगरलाई आज पुरस्कृत गरिएको हो ।
भुमे–५ डालिबाङ्गमा सञ्चालीत केन्द्र नं. ०७४ की सदस्य राम कुमारी बुढाकी छोरी संगम बुढा मगरलाई आज एक कार्यक्रमका विच सम्मान तथा पुरस्कृत गरिएको बताइएको छ । कार्यक्रममा रुकुमकोट शाखाका शाखा प्रवन्धक दामोदर गौतमले संस्थाको नियम वमोजिम नगद सहित प्रशंसा पत्रले पुरस्कृत गरेका हुन ।
सेवा थालनीको २४ औ वर्षको अबसरमा वित्तीय सेवा उपभोग गरिरहेका सदस्यका छोरा–छोरीहरु मध्ये प्रत्येक वर्ष उत्कृष्ट अंक ल्याउनेलाई पुरस्कृत गरिने गरिएको बताइएको छ ।
संस्थाले ग्राहक संरक्षण कोष अन्तर्गत सुत्केरी स्याहार भत्ता, काजक्रियामा सहयोग तथा प्राकृतिक विपत्तीको वेला सदस्यलाई राहत उपलव्ध गराउँदै आईरहेको समेत प्रवन्धक गौतमले जानकारी दिए ।
