तिन महिनापछी सार्वजनिक गरियो रुकुम पश्चिम महोत्सवको आय-व्यय

तिन महिनापछी सार्वजनिक गरियो रुकुम पश्चिम महोत्सवको आय-व्यय

"5" Comments

रुकुम पश्चिम  । गत बर्षको फागुन १८ गते देखि २८ गतेसम्म मुसिकोट रुकुम पश्चिम कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव २०८० को आय-व्यय सार्वजनिक गरिएको छ । महोत्सव सकिएको करिव ३ मिहनपछी आयोजक रुकुम उद्योग वाणिज्य सङ्घले आज महोत्सवको आयव्यय सार्वजनिक गरेको हो ।

महोत्सवबाट कुल एक लाख ८९ हजार ६ सय आठ रुपैयाँ ८५ पैसा नाफा भएको आज विहान पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ ।

महोत्सवको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै रुकुम उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दलबहादुर खड्काले प्रस्तुत गरेको एक लाख ८९ हजार ६ सय आठ रुपैयाँ ८५ पैसा नाफा रहेको बताए । महोत्सवको कुल आम्दानी २२ लाख ५२ हजार दुई सय ५६ रुपैयाँ ५९ पैसा रहेकामा कुल खर्च २० लाख ६२ हजार ६ सय ४७ रुपैयाँ ७४ पैसा रहेको उनको भनाई छ ।

आम्दानीका स्रोत मध्ये टिकट बिक्रीबाट १० लाख ३१ हजार दुई सय ३८ रुपैयाँ ९४ पैसा, स्टल बिक्रीबाट सात लाख ७० हजार, प्रायोजक तथा विज्ञापन बापत चार लाख ४६ हजार १७ रुपैयाँ ६५ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।

उक्त रकम टेन्ट तथा स्टल निर्माणमा ६ लाख, मञ्च निर्माण तथा साउन्ड सिस्टम व्यवस्थापनमा चार लाख, सांस्कृतिक कार्यक्रम व्यवस्थापन तथा कलाकार खर्च ६ लाख, कलाकार तथा अतिथि ओसारपसारका लागि गाडी भाडामा एक लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च तीन लाख १२ हजार ६ सय ४७ रुपैयाँ ७४ पैसा र कर्मचारीमा ५० हजार खर्च भएको उल्लेख छ । महोत्सव गत बर्षको फागुन १८ गते देखि २८ गतेसम्म मुसिकोटको बराहटाकुरा टुँडिखेलमा सञ्चालन भएको थियो ।

 


5 thoughts on “तिन महिनापछी सार्वजनिक गरियो रुकुम पश्चिम महोत्सवको आय-व्यय

  1. I will right away grasp your rss feed as I can’t to find your e-mail subscription link or e-newsletter service. Do you have any? Please let me realize so that I may subscribe. Thanks.

  2. Hey There. I found your blog the usage of msn. That is a really neatly written article. I will be sure to bookmark it and come back to learn more of your useful information. Thank you for the post. I will certainly comeback.

Leave a Reply

Your email address will not be published. Required fields are marked *