रुकुम पश्चिममा उद्योग दिवस मनाइयो
रुकुम पश्चिममा उद्योग दिवस मनाइयो

रुकुम । रुकुम पश्चिममा पनि १० औं उद्योग दिवस मनाईएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमको आयोजनामा दिवस मनाइएको हो । दिवसको अवसरमा जिल्ला समन्वय समितिको सभाहलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै उद्योगीहरुले पछिल्लो समय उद्योगहरु विस्तारै बन्द हुदै गएको भन्दै दुख व्यक्त गरेका छन् । ‘कुनै समय साना तथा मझांैला खालका उद्योग खोल्ने लहरनै चलेको थियो । पछिल्ला बर्षहरुमा ति उद्योग बन्द भएका छन् । जिल्लामा रहेका उद्योगहरु लामो समय सम्म टिक्न नसक्नु राम्रो पक्ष होइन ।’, रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्काले भने ।
जिल्लामा खुलेका ठुला उद्योगहरुको हालत पनि उस्तै रहेको अन्तरक्रियामा सहभागिहरुको भनाई थियो । अनुदानमा निर्माण भएका ठुला उद्योगहरु केहि समय चलेर बन्द भएका छन् भने केहि उद्योगहरु संचालननै नभएर औद्योगिक मेसिनहरु त्यतिकै थन्किएको सहभागिहरुको भनाई थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति उप प्रमुख देबहादुर विकले बन्द भएका उद्योगहरुलाई संचालन गर्नु पर्ने बताए । ‘कामको खोजिमा हजारौ युवाहरु विदेश पलायन भएका छन् । हामिले उद्यागहरु खालेर पनि संचालन गर्न सकेका छैनौं । उद्योग स्थापना भएपछि संचालन गरेर रोजगार उपलव्ध गराउनु पर्छ ।’, जिसस उपप्रमुख विकले भने ।
त्यस्तै मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीले नगरपालिकामा रहेका उद्योगहरु बन्द रहेकाले ति उद्योग संचालनमा नगरले गर्नुपर्ने पहल गर्ने बताए । उद्योगिहरुलाई विभिन्न सहयोग गर्दै आएको नगरपालिकाले अझै पनि सहयोग गर्ने प्रतिबद्धता नगर प्रमुख केसीको भनाई थियो ।।
of course like your website however you have to check the spelling on quite a few of your posts. A number of them are rife with spelling problems and I in finding it very bothersome to inform the truth then again I will surely come again again.
Having read this I thought it was very informative. I appreciate you taking the time and effort to put this article together. I once again find myself spending way to much time both reading and commenting. But so what, it was still worth it!