लोकतान्त्रिक आदिवासी जनजाति महासंघ रुकुम पूर्वको अधिवेशन सम्पन्न

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ रुकुम पूर्वको अधिवेशन सम्पन्न

"0" Comments

रुकुम पूर्व  । नेकपा एमालेको जनसंघठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल रुकुम पूर्वको प्रथम जिल्ला  अधिवेशन सम्पन्न भएको छ । जिल्लाको भुमे गाउँपालिका– १ लुकुममा प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको हो ।

प्रथम जिल्ला अधिवेशनले नयाँ जिल्ला कार्य समिति निर्माण गरेको छ । अधिवेशनले दयाधन घर्ती मगरको अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा शसिराम घर्ती मगर, उप सचिवमा विजुली बुढामगर, ईच्छा पुनमगर रहनुभएको छ ।

महासंघका जिल्ला सयोजक शशीधर बुढा मगरको अध्यक्षता भएको अधिवेशनमा, नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज नवीन रोका मगरको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै महासङ्ग लुम्बिनी प्रदेश कमिटी अध्यक्ष अमर सिजापति, सैनामैना नगरपालिका रुपन्देहीको प्रमुख विना मगरको आतिथ्यता रहेको थियो ।

नेकपा एमाले जिल्ला जिल्ला अध्यक्ष लिलामणी गौतम, निवर्तमान अध्यक्ष टोपबहादुर ओली, लगायतको आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *