अनेमसंघ रुकुम पूर्वको कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न
अनेमसंघ रुकुम पूर्वको कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न
रुकुम पूर्व । नेकपा एमाले जनवर्गिय संगठन अखिल नेपाल महिला संघको आयोजनामा रुकुम पूर्वमा कार्यकर्ता प्रशिक्षण कार्याक्रम सम्पन्न भएको छ । सिस्ने गाउँपालिका – ६ छिप्रिदलमा अनेमसघंको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अनेमसंघकी केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश ईञ्चार्ज लिला ज्ञावालीले संगठनको बारेमा सहभागिहरुलाई प्रशिक्षण द्एिकी थिईन । उनले संगठनले पाटीमा खेलेको भुमिका र महिलाहरुको हक हितको निम्ति गरेका आन्दोलन, आन्दोलनका उपलव्धिका विषयमा प्रशिक्षण कार्यक्रममा जानकारी गराएकी हुन् ।
त्यस्तै संगठनको भावि कार्यदिशाको विषयमा पनि सहभागिहरुलाई जानकारी गराइएको थियो । त्यस्तै प्रशिक्षण कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि उप सचिव लिला राणाले जनसंगठन, संगठन र पाटीको अन्तरसम्वन्धमा विषयमा प्रशिक्षण दिएकी थिईन । पाटीका जिल्ला अध्यक्ष लिलामणि गौतमले संगठन शुद्धिरकण, अनेमसंघ र पाटीका महिलाको क्षेत्रमा काम गर्ने अन्य संगठनको बारेमा प्रशिक्षण दिएका हुन् ।।
अनेमसंघ जिल्ला अध्यक्ष चन्द्रकला खड्काको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा संघकी केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश ईञ्चार्ज लिला ज्ञावालीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै नेकपा एमाले प्रदेश कमिटि उप सचिव लिला राणा, जिल्ला अध्यक्ष लिलामणि गौतम लगायतको आतिथ्यता रहेको थियो ।

Hello! This post could not be written any better!
Reading through this post reminds me of my good old room mate!
He always kept chatting about this. I will forward this page to him.
Fairly certain he will have a good read. Many thanks
for sharing!