मध्यपहाडी राजमार्ग खुल्यो
मध्यपहाडी राजमार्ग खुल्यो
रुकुम । दुई दिन पछि मध्यपहाडी राजमार्ग खुलेको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ८ रिनदहमा झरेको पहिरो हटाएसंगै आज अपरान्ह देखि सडक सुचारु भएको हो । मुसिकोट नगरपालिकाले सडक खुलाएको हो ।
मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा दुइ दिनस सम्म अलपत्र परेका सावारी साधन गन्तव्य तिर लागेका छन् । वर्षाका कारण शनिवार विभिन्न ठाउँमा पहिरो झर्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको थियो । जसका कारण रुकुम पश्चिमबाट रुकुम पूर्वको रुकुमकोट हुँदै काठमाडौँ तथा देशका विभिन्न ठाउँ जाने तथा काठमाडौँ तथा देशका विभिन्न ठाउँबाट रुकुमकोट हुँदै रुकुम पश्चिम आउने यात्रुहरू रिन दहमा अलपत्र परेका थिए ।
शनिबार मधयपहाडी राजमार्ग अन्तरगत रुकुम पूर्व र पश्चिमका विभिन्न ठाउँमा पहिरो खसेको थियो । रुकुम पश्चिम खण्डको तिन किलोमिटरको दुरीमा मात्रै ५ ठाउँमा पहिरो खसेको थियो । अन्य ठाउँमा शनिबार दिउँसो पहिरो हटाएको भए पनि ।
रिनदहमा खसेको पहिरो आज मुसिकोट नगरपालिकाको डोजरले हटाएको नगर प्रहरी प्रमुख उमेश केसीले बताए ।।