मुसिकोटमा आधारभूत आँखा स्वास्थ्य शिक्षा तालिम सम्पन्न
मुसिकोटमा आधारभूत आँखा स्वास्थ्य शिक्षा तालिम सम्पन्न

रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा एक दिने आधारभूत आँखा स्वास्थ्य शिक्षा तालिम सम्पन्न भएको छ । एनएविवि नर्बेको आर्थिक सहयोग र मुसिकोट नगरपालिकाको सहजीकरणमा नेपाल नेत्र ज्योती संघ राप्ती आँखा अस्पताल तुलसीपुरद्वारा एक दिने आधारभूत आँखा स्वास्थ्य शिक्षा तालिम सम्पन्न भएको हो ।
नगरपालिका भित्र रहेका सबै स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य केन्द्रका प्रमुखहरुलाई आधारभूत आँखा स्वास्थ्य शिक्षा तालिम दिइएको बताइएको छ । तालिमको प्रशिक्षण तथा सहजीकरण राप्ती आँखा अस्पताल तुलसीपुरका प्रशासकिय समिति संयोजक ध्रुब गौतम र निमित्त प्रशासक शालिकराम गौतमले गरेका थिए ।
बुधबार नगरपालिकाको सभाहल सेरीगाउँमा सम्पन्न तालिमको सञ्चालन आँखा सर्जिकल सेन्टर सल्लेका प्रमुख धन बहादुर केसीले गरेको संस्थाकी मुसिकोट नगरपालिका सामुदायिक संयोजक पुर्णिमा शाहीले जानकारी दिईन । उनका अनुसार सोही प्रकृतिको तालिम भोली बिहीबार मुसिकोट नगरपालिका भित्र रहेका सबै सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई र पर्सी शुक्रबार नगरपालिका भित्र रहेका सबै धामी झाँक्रीहरुलाई पनि दिइने छ ।
Perfectly written written content, Really enjoyed reading through.
WONDERFUL Post.thanks for share..extra wait .. …
I like this post, enjoyed this one regards for posting. “The universe is not hostile, nor yet is it unfriendly. It is simply indifferent.” by John Andrew Holmes.