भलाक्चामा स्वास्थ्यको न्युनतम सेवा मापदण्ड सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी

भलाक्चामा स्वास्थ्यको न्युनतम सेवा मापदण्ड सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी

"6" Comments

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ नम्बर वडा स्थीत भलाक्चा स्वास्थ्य चौकीमा न्युनतम् सेवा मापदण्ड सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । रुकुमेली समाज विकास केन्द्र, वान हट वल्र्ड वाइटको सहयोगमा मुसिकोट नगरपालिका, स्वास्थ्य शाखाले भलाक्चा स्वास्थ्य चौकीमा आयोजना गरेको न्युनतम् सेवा मापदण्ड सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी आज सम्पन्न भएको हो ।

कार्यशाला गोष्ठीले गत ६ महिना यताको प्रगति समीक्षा गर्नुका साथै आगामी ६ महिनाको कार्ययोजना तयार गरेको छ । न्युनतम सेवा मापदण्डका आधारमा गत ६ महिनामा ७५ प्रतिशत प्रगति भएको र उक्त प्रगति अघिल्नो बितेको ६ महिनाको ६७ प्रतिशतबाट ८ प्रतिशत बृद्धि भई ७५ प्रतिशत पुगेको र आगामी ६ महिनामा कम्तिमा पनि ८५ प्रतिशत प्रगति देखिने गरि कार्ययोजना तयार गरिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक वेदाराम ओलीले जानकारी दिए ।

वडा अध्यक्ष एबं भलाक्चा स्वास्थ्य चौकी ब्यबस्थापन समितिका अध्यक्ष गोबिन्द बहादुर बुढाको अध्यक्षतामा सम्पन्न गोष्ठीमा रुकुमेली समाज विकास केन्द्र, वान हट वल्र्ड वाइटका जिल्ला संयोजक लोकमनि गिरी, कार्यक्रम संयोजक मदन खड्का फिल्ड अधिकृत मञ्जु ओली, वडाका जनप्रतिनिधि, स्वास्थ्य ब्यबस्थापन समितिका सम्पुर्ण पदाधिकारी र कर्मचारीहरुको सहभागिता रहेको थियो ।


6 thoughts on “भलाक्चामा स्वास्थ्यको न्युनतम सेवा मापदण्ड सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी

  1. refurbished MacBook Europe Для любителей беспроводного звука предлагаем купить AirPods в Европе или AirPods Pro 2 по самой выгодной цене в ЕС. Фанаты спортивных гаджетов могут купить Apple Watch Ultra онлайн. Ищете дешевые смарт-часы в Европе? У нас вы найдете множество вариантов!

Leave a Reply

Your email address will not be published. Required fields are marked *