खोलाले मोटरसाईकल बगाउदा महिला र पुरुषको मृत्यु

खोलाले मोटरसाईकल बगाउदा महिला र पुरुषको मृत्यु

"0" Comments

रुकुम । रुकुम पश्चिममको मुसिकोट नगरपालिकामा खोलाले मोटरसाईकल बगाउँदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका वडा नम्वर ४ का ५० वर्षीय सर्जन पुन र वडा नम्वर ६ की अन्दाजी ३२ बर्षीया निर्मला केसी थापा रहेको प्रहरीको भनाई छ ।

वडा नम्वर ६ र ७ को सिमानामा रहेको रम्माखोलाले उनीहरु सवार मोटरसाईकल बगाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीले बताए ।

रा ६ प २९६१ नम्वरको मोटरसाईकलमा साँखबाट कानेबाङतर्फ जाँदै गर्दा आईतबार बेलुका करिब साढे आठ बजे खोलाले बगाएको र सोमबार बिहान मात्र थाहा भएको प्रहरीले जनाएको छ ।

खोलाभन्दा करिब तीन सय मिटर तल महिला र करिब २० मिटर तल पुरुषको शव फेला परेको छ । पुरुषको शव मोटरसाईकलले च्यापिएको महिलाको शवको केहि भाग पुरिएको अवस्थामा फेला परेको थियो ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *