स्यार्पुमा मेलाको अवसरमा विभिन्न खेलकुद प्रतियोगिताहरु हुने
स्यार्पुमा मेलाको अवसरमा विभिन्न खेलकुद प्रतियोगिताहरु हुने
रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा स्यार्पु मेलाको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता हुने भएका छन् । प्रत्यक बर्ष बाँफिकोट गाउँपालिका– ३ स्यार्पुमा लाग्दै आएको स्यार्पु मेलाको अवसरमा यो बर्ष पनि विभिन्न खेलकुद प्रतियोगिता हुने भएका हुन् ।
मेलाको अवसरमा खुल्ला वडा स्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगिता, पौडि, सोलो बाईक रेस र खुला पुरुष डवल ब्याट मिन्टन प्रतियोगिताको आयोजना गरिएको स्यार्पु पर्यटन मेला संचालन तथा व्यवस्थापन समिति अध्यक्ष आदित्य मल्लले जानकारी दिए ।
पुरुष भलिवल प्रतियोगितामा विजेता टिमले १ लाख ५ हजार ५५५ कप मेडल र प्रमाणपत्र, उप विजेताले ७० हजार ५५५ मेडल र प्रमाणपत्र तथा सान्तोना हुने टिमले ४० हजार ५५५ मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै महिला भलिबल तर्फ विजेता टिमले ३० हजार ५५५ कप, मेडल र प्रमाणपत्र, उपविजेता टिमले २२ हजार ५५५ मेडल र प्रमाणपत्र र सान्तोना हुने टिमले १५ हजार ५५५ मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
त्यस्तै पौडी प्रातियोगितामा पहिलोले ५ हजार प्रमाणपत्र, सोलो बाईक रेसमा सोलो बाइक कुदाउनेले १० हजार, मेडल र प्रमाणपत्र हात पार्ने छन् । खुल्ला पुरुष डबल ब्याटमिन्टल प्रतियोगितामा विजेता जोडीले २० हजार मेडल र प्रमाणपत्र, उप विजेता जोडीले १५ हजार म्डल र प्रमाणपत्र तथा सान्तोना हुने जोडीले १० हजार मेडल र प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताहरु असोज ११ गते देखि १७ गते सम्म गाउँपालिकाको वडा नम्वर ३ मा सञ्चालन हुने आयोजकले जानकारी गराएको छ ।।