सिस्ने गाउँपालिकामा ४१५ जनाले रोजगार पाए
सिस्ने गाउँपालिकामा ४१५ जनाले रोजगार पाए

रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिकामा गत आर्थिक बर्ष २०८०÷८१ मा ४१५ जनाले रोजगार पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत १ हजार ८०६ जना बेरोजगार सुचिकृत भएकोमा ४१५ जनाले मात्र रोजगार पाएका हुन् ।
८३ श्रमिक समुह अन्तरगत ४१५ जनाले रोजगार पाएको गाउँपालिका रोजगार संयोजक झपेन्द्र केसीले जानकारी दिए । उनका अनुसार विभिन्न विकास निर्माणको काममा ति श्रमिकहरुले ९० दिन बराबरको रोजगार पाएका थिए ।
गाउँपालिकामा १ हजार ३०४ महिला र ५०२ जना पुरुषले बेरोजगार सूचिकृतका लागि निवेदन दिएका थिए । आवेदन आएको मध्ये ५२ महिलाले श्रमिक समुह नेतृत्व र ३१ जना पुरुषले गरेर ८३ श्रमिक समुहका ४१५ जना बेरोजगारीले रोजगार पाएको सिस्ने गाउँपालिका रोजगार संयोजक केसीले बताए । उनका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्राप्त भएको ७५ लाख बजेटमा विभिन्न काम भएका छन् ।
उक्त कार्यक्रम मार्फत गाउँपालिकामा विभिन्न २३ वटा योजना निर्माण गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत गोरेटो बाटो निर्माण, खेलमैदान निर्माण, सार्वजनिक शौचालय निर्माण लगायतका काम गर्ने गरिएको संयोजक केसीले बताउनुभयो ।।