लैंगिकतामा आधारित हिंसा रोकथाम प्रतिकार्यको लागि क्षमता विकास तालिम सकियो

लैंगिकतामा आधारित हिंसा रोकथाम प्रतिकार्यको लागि क्षमता विकास तालिम सकियो

"0" Comments

रुकुम । रुकुम पश्चिममा एकिकृत पुनर्लाभ कार्ययोजना अन्तरगत लैंगिकतामा आधारित हिंसा रोकथाम प्रतिकार्यको लागि स्थानीय सरोकारवाला र सेवा प्रदायकहरुको लागि क्षमता विकास तालिम सकिएको छ । महिला पुनस्थापना केन्द्र (ओरेक)को आयोजनामा दुई दिने तालिम समपन्न भएको हो ।

तालिममा लैंगिक समानता र समावेशिकरणकाका अवधारणा, लैगिंक विभेदमा आधारित हिंसा, प्रकार र असरहरुका साथै विपतमा लैंगिकताको सवालको बारेमा छलफल भएको थियो । त्यस्तै मानविय सहायतामा महिला सञ्जाल र समुहहरुको भुमिका तथा सुरक्षा र संरक्षण समितिको भुमिका, लैंगिक हिंसाको घटना सिफारिस निकायहरु तथा सहायताको विषयमा प्रस्तुतिकरण र छलफल भएको थियो ।

त्यस्तै लंैगिक हिंसाको निवारण कोष कार्यविधि–२०७६ विषयमा छलफल, संविधानमा भएका प्रवधान, पालिकाहरुमा लैंगिक हिंसा निवारण कोष कार्यविधिको कार्यन्वयनको अवस्थाको बारेमा पनि छलफल भएको हो । स्थानीय तह संस्थागत क्षमता मुल्याङ्कन अन्तरगतका लैंगिक विभेदमा आधारित हिंसा सम्वन्धि सुचकहरुमा समुहमा समुहगत छलफल भएको ओरेक जिल्ला कार्यक्रम संयोजक लक्ष्मि निरौलाले जानकारी दिईन ।

तालिममा जिल्ला समन्वय समिति, जिल्लाको मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाका न्यायिक समितिका संयोजक, महिला, बालबालिका तथा जेष्ट नागरिक शाखाका प्रतिनिधि, स्वास्थ्य शाखाका प्रतिनिधि, अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तालिमको सहजिकरण ओरेकको सचिव संगिता अधिकारीले गरेकी हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *