रुकुम पश्चिममा बजार अनुगमण, केहि व्यवसायीलाई जरिवाना

रुकुम पश्चिममा बजार अनुगमण, केहि व्यवसायीलाई जरिवाना

"0" Comments

रुकुम । रुकुम पश्चिमको सदरमुकाममा बजार अनुगमण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आज विहान विभिन्न ठाउँमा बजार अनुगमण गरेको हो । अनुगमणको क्रममा कैफियत भेटिएका पसलहरुमा जरिवाना गर्नुका साथै, म्याद गुज्रिएका समान पनि जफत गरेर नष्ट गरिएको छ ।

मुसिकोट नगरपालिका वडा नम्वर १ र ५ का होटल तथा खाजाघर, पसल र एउटा पेट्रोल बच्ने पसलको अनुगमण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले बताए । अनुगमणको क्रममा ८ हजार ३४० रुपैंया बराबरको म्याद गुज्रिएको सामान बरामत गरेर नष्ट गरिएको सहायक प्रजिअ रेग्मीको भनाई छ । ६ वटा मुख्य पसलहरुमा अनुगमण गरिएको थियो ।

अनुगमणको क्रममा चाउमिन, दुनोट, क्रिमरोल, केक, पाउरोटी जस्ता खाद्य बस्तुहरुको म्याद गुज्रिएको भए पनि बिक्रि वितरणको लागि राखेको पाइएको थियो । अनुगमणको क्रममा ९३ किलो/पोका खाद्य सामाग्रिहरु जफत गरि नष्ट गरिएको हो । त्यस्तै अनुगमणको क्रममा कैफियत भेटिएका होटल, खाजाघर तथा पसलहरुलाई जरिवाना पनि गरिएको छ ।

दुइ वटा खाजा घर र दुई वटा चाउमिन उद्योगहरुलाई ५ हजार रुपैंयाको दरले जरीवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीको भनाई छ । जिप्रका रोडमा रहेको रुघा नमुना खाजाघर, शहिदगेटमा रहेको न्यू नमुना मिठाइ एण्ड खाजा घर, बागबजारमा रहेको एस के एस चाउमिन उद्योग र बगबजारमै रहेको ओली चाउमिन उद्योगलाई ५÷५ हजारका दरले जरिवाना गरिएको हो ।

पटक–पटक अनुगमण गर्दा पनि अटेरी गर्ने व्यवसायहरुलाई जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । शहिदगेटमा रहेको न्यू समिक्षा चाउमिन उद्योगमा भने निकै सुधार भएको पाइएको छ । पहिला अनुगमणको क्रममा धेरै कैफियत भेटिए पछि जरिवाना गरिएको उक्त उद्योगले सवै प्रक्रिया पुरा गरेको पाइएको हो ।

त्यस्तै अनुगमणको क्रममा विभिन्न किसिमका सुझावहरु पनि दिइएको छ । विक्रिको लागि खरिद गरेको वस्तुको बिल÷बिजक व्यवस्थित गर्न, उद्योग सरसफाइमा ध्यान दिन, फायर पोइन्टलाई थप व्यवस्थित गर्न सुझाव दिइएको हो । खलङ्गा वजार, पातुखोला, बागबजार लगायत ठाउँमा बजार अनुगमण गरिएको हो ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *