बस दुर्घटना : ९ घाइतेलाई उपचारका लागि नेपालगन्ज र दाङ लगियो
बस दुर्घटना : ९ घाइतेलाई उपचारका लागि नेपालगन्ज र दाङ लगियो
सल्यान । सल्यानमा भएको बस दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि नेपालगञ्ज र दाङ रेफर गरिएको छ । घोराहीबाट रुकुम आउदै गरेको बस सल्यानको बाग्चौर नगरपालिका–२ थारमारेस्थित ठिनबाङ्ग खोलामा बुधबार बिहान ११ बजेतिर पुलबाट खसेर दुर्घटना भएको रा १ ख २०८५ नम्बरको यात्रुबाहक बसका २२ घाइतेमध्ये नौ जनालाई थप उपचारका लागि नेपालगञ्ज र दाङका सुविधासम्पन्न अस्तापल पठाइएको हो ।
गम्भिर घाइते भएका त्रिवेणी गाउँपालिका २ रुकुम पश्चित बस्ने वर्ष २२ की चीत्रा पुन, वर्ष ६ का रेशम मगर, नारायण नगरपालिका–४ दाङकी वर्ष २६ की खिमा बिक, गाडी धनी वर्ष ४६ का बिष्णु बिक, तुलसिपुर उपमहानगरपालिका १० बिजौरी बस्ने वर्ष २९ को कृष्ण चौधरीलाई नेपागञ्ज उपचारको लागि लगिएको हो ।
त्यस्तै नारायणपुर नगरपालिका १० दाङ्ग बस्ने वर्ष ३६ की दिलकुमारी गोतामे, तुलसिपुर उपमहानगरपालिका ६ बस्ने वर्ष ३४ का गाडी चालक पुर्ण शम्शेर जबरा, तुलसिपुर उपमहानगरपालिका–७ बस्ने वर्ष ४९ की ठगी बुढा र वर्ष ४७ की कुम्भ कुमारी बुढालाई नेपालगन्ज र दाङ्ग रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रनाउ नविन कार्कीले बताए ।