दशैं संगै गुलजार बनेको गाउँमा फर्किएको उमंग

दशैं संगै गुलजार बनेको गाउँमा फर्किएको उमंग

"7" Comments

पोखरा गाउँ, रुकुम पूर्व । सिस्ने गाउँपालिका–३ पोखरा स्थित धनबहादुर खत्रीको घरमा यतिबेला गजवको चहलपहल छ । ९ बर्षअघि परदेश गएका साईला छोरा र उनको परिवार दशैंको छेको पारेर घर फिरेपछी दशैं आएर भन्दा छोरा आएर खुसी मिलेको धनबहादुर बताउछन् ।

‘चाडबाड त दशैं मात्रै होईन अरु पनि धेरै आउछन् । तर छोराछोरी आउदैनन् अनि ति चाडबाड पनि सुख्खा लाग्छन् ।’ नातीलाई काखमा रोखेका धनबहादुर भन्छन्, ‘यसपाली साईलो छोरो, बुहारी र माईली बुहारी अनि नातीनातिना आए हामीलाई त यसै दशैं आएको जस्तो भएको छ ।’

यसप्रकारको उमंग यतिबेला गाउँभरी नै छ । यता महेन्द्र केसीको परिवारमा पनी दुई छोरा, बुहारी अनि छोरी–ज्वाई आएका छन् । ‘अघिपछी हामी दुई जना (श्रीमती र आफु) मात्रै हुन्थ्यौं । दशैंमा सबै आए घर भरिलो भयो ।’ हसिलो चेहराका साथ उनि थप्छन, ‘सियाली लागेको घरको छेउकुना र आगन सफाचट देखिएको छ । अनि रित्ता र सुनसान भएका कोठाचोटामा नातीनातिना रमाएका छन् । रमाईलो छ ।’

बर्षका अरु दिन मेलापातमा व्यस्त रहने पहाडी गाउँहरुमा चहलहपल बढेसंगै यी वस्तीहरु गुलजार देखिएका छन् । कतै छ पिङको चाचाहुई… त कतै छ आफन्त अनि साथीभाईको जमघाट । आफु जहाँ भएपनि दशैंको छेको पारेर घर आईपुग्ने सिस्ने–५ रुकुमकोटकी सुलोचना गौतम बताउछिन् । ‘अघिपछी पढाईका शिलशिलामा काठमाडौं भईन्छ । तर दशैंमा त जसरी पनि घर आउने अनि रमाईलो गर्ने । यो हाम्रा लागी ठुलो अवसर बनेको छ ।’ उनले भनिन् ।

यसरी बिभिन्न बहानामा दशैंमा घर फर्केहरु प्रायःलाई आफन्त र घरपरिवार भेट्ने कुरामा नै बिशेष रुची छ । यसबाहेक कोही चाही नयाँ पुस्तक पढ्ने, चलचित्र हेर्ने अनि गाउँघर घुम्ने गरिरहेका छन् । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ पिपलका टेकराज पौडेल भन्छन्, ‘मलाई भिडियो र फोटोमा बिशेष रुची छ । यसैलाई नै प्रोपेसन बनाएको छु । यसकारण घरमा बसेका बेला पनी वरीपरि घुमेर फोटो–भिडियो खिच्ने काम गरिरहेको छु ।’

त्यस्तै रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–४ खुम्चेरीका अनन्त ओली आफु ५ बर्षपछी घर फर्केको बताउदैं गाउँको विकास र परिवर्तणलाई नियालिरहेको बताईन् । ‘पहिले बाटो नभएको ठाउँमा अहिले मोटर कुद्ने बाटो बनेको रहेछ । विजुलीको उज्यालो प्रायः सबैतिर फैलिएको रहेछ । पाँच बर्षमा विकासले त फट्को मारेछ ।’ उनि भन्छन्, ‘तर गाउँको चोक–चौतारी र पुराना चिजविजहरु भने हराउदैं जान थालेको देख्दा दुःख लाग्यो ।’

बर्षदिन देखी दशकौंसम्म घर नफर्किएकाहरु घरमा आएका छन् । यसकारण यतिबेला गाउँ चलायमान देखिएको छ । यो दशैंका बेला घर भरिलो भएको छ भने, परिवार बलियो बनको छ । यसकारण दशैंसंगै गाउँ फिरेकाहरु कोही दशैं लगत्तै फर्केर जाने सुरमा छन् त कोही तिहार सकेर फर्किने योजनामा छन् ।


7 thoughts on “दशैं संगै गुलजार बनेको गाउँमा फर्किएको उमंग

  1. Have you ever considered publishing an e-book or guest authoring on other sites? I have a blog based upon on the same information you discuss and would really like to have you share some stories/information. I know my viewers would value your work. If you are even remotely interested, feel free to shoot me an e-mail.

  2. I’ll right away seize your rss feed as I can’t find your e-mail subscription hyperlink or e-newsletter service. Do you have any? Kindly allow me understand in order that I may just subscribe. Thanks.

Leave a Reply

Your email address will not be published. Required fields are marked *