अमेरिकामा कार दुर्घटना गराउने चालकलाई हत्या आरोपमा मुद्धा चलाइने

अमेरिकामा कार दुर्घटना गराउने चालकलाई हत्या आरोपमा मुद्धा चलाइने

"6" Comments

अमेरीका । अमेरिकाको भर्जिनियामा कार दुर्घटना गराउने चालक विजय तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको र दुई जनाको हत्या अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको समाचारमा उल्लेख गरिएको छ । अमेरीकाबाट संचालन भैरहेको नेपालमदर समाचार पत्रिकाका अनुसार चालकलाई हत्या आरोपमा मुद्धा चलाइने छ ।

स्थानीय समयअनुसार २२ नोभेम्बरको मध्यराति १२ बजे भर्जिनियाको च्यान्टिलीस्थित काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक भएको कार दुर्घटनामा चार मध्ये २ जनाको मृत्यु भएको अमेरिकाबाट प्रकाशन हुने नेपाली पत्रिका नेपालमदर डटकमको समाचारमा उल्लेख छ ।

मृत्यु हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–७ का सुरेश केसी र बर्दियाका विवेक सुवेदी रहेको नेपालमदरले पुष्टी गरेको छ । कारचालक ३० वर्षीय विजय तामाङ सुरक्षित छन् । कारमा सवार काठमाडौंका मेहुल श्रेष्ठ घाइते रहेको र उनको उपचार भइरहेको पनि नेपालमदरले उल्लेख गरेको छ ।

त्यहाँको प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट कार तीव्र गतिमा रहेको र चालकले अत्यधिक मदिरा सेवन गरेर कार चलाएको भनिएको छ । त्यहाँको प्रहरीसँग एनआरएनए भर्जिनियाका पदाधिकारीहरूले समन्वय गरिरहेको पनि बताइएको छ ।


6 thoughts on “अमेरिकामा कार दुर्घटना गराउने चालकलाई हत्या आरोपमा मुद्धा चलाइने

  1. Great post however , I was wanting to know if you could write a litte more on this subject? I’d be very thankful if you could elaborate a little bit more. Thanks!

  2. Good day very cool blog!! Guy .. Beautiful .. Superb .. I’ll bookmark your blog and take the feeds also…I’m happy to find numerous helpful info here in the put up, we want work out more techniques on this regard, thank you for sharing. . . . . .

Leave a Reply

Your email address will not be published. Required fields are marked *