युवा संघ नेपाल रुकुम पूर्वको जिल्ला अधिवेशन सम्पन्न
युवा संघ नेपाल रुकुम पूर्वको जिल्ला अधिवेशन सम्पन्न
रुकुम पूर्व । युवा संघ नेपाल रुकुम पुर्वको जिल्ला अधिवेशन सम्पन्न भएको छ । वसन्त खड्काको अध्यक्षतामा ९ सदस्य युवा संघको जिल्ला कमिटि गठन गर्दै जिल्ला अधिवेशन सम्पन्न भएको हो ।
जसको उपाध्यक्षमा अरुण केसी, सचिवमा वसम मल्ल रहेका छन् । युवा संघका निवर्तमान जिल्ला अध्यक्ष मित्रलाल केसीको अध्यक्षतामा भएको अधिवेशनमा केन्द्रीय सदस्य एवं रुकुम पुर्व ईन्चार्ज शेखर केसी (केशव) को प्रमुख आथित्यता र नेकपा (एमाले) रुकुम पुर्वका अध्यक्ष लिलामणि गौतमको विशेष आथित्यतामा अधिवेशन सम्पन्न भएको हो ।
