रुकुम पूर्वको तीन गाउँपालिकाको १४ करोड बेरुजु

रुकुम पूर्वको तीन गाउँपालिकाको १४ करोड बेरुजु

"4" Comments

रुकुम पूर्व  । रुकुम पूर्वका स्थानीय तहको बेरुजु १४ करोड बढी देखिएको छ । महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७९÷०८० मा जिल्लाका ३ वटा गाउँपालिकाको बेरुजु अर्थात् नियम सङ्गत खर्च नभएको रकम १४ करोड चार लाख सात हजार रुपियाँ देखिएको छ । यो कुल लेखापरीक्षण गरिएको रकमको ११.३७ प्रतिशत हो ।

तीन गाउँपालिकाको गरी तीन अर्ब ७६ करोड १९ लाख ५९ हजार रुपियाँको लेखापरीक्षण गर्दा १४ करोड चार लाख सात हजार रुपियाँ बेरुजु निस्किएको हो । जिल्लामा सबैभन्दा बढी बेरुजु पुथाउत्तगङ्गा गाउँपालिका र कम भूमे गाउँपालिकाको देखिएको छ ।

पुथाउत्तरगङ्गाको एक अर्ब २१ करोड ५९ लाख रकमको लेखापरीक्षण भएकामा यसको ८.१० प्रतिशत अर्थात् नौ करोड ८५ लाख चार हजार बेरुजु निस्किएको महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी सिस्ने गाउँपालिकाको एक अर्ब २९ करोड ८४ लाख सात हजार रुपियाँको लेखापरीक्षण गर्दा दुई करोड ९४ लाख ७९ हजार रुपियाँ अर्थात् २.२७ प्रतिशत बेरुजु देखिएको छ । सबै भन्दा कम बेरुजु देखिएको भूमे गाउँपालिकाको एक अर्ब २४ करोड ७६ लाख ५२ हजार रुपियाँको लेखापरीक्षण गर्दा १ प्रतिशत अर्थात् एक करोड २४ लाख २४ हजार रुपियाँ बेरुजु देखिएको छ ।।


4 thoughts on “रुकुम पूर्वको तीन गाउँपालिकाको १४ करोड बेरुजु

  1. Greetings from Ohio! I’m bored to tears at work so I decided to check out your blog on my iphone during lunch break. I love the info you present here and can’t wait to take a look when I get home. I’m surprised at how fast your blog loaded on my phone .. I’m not even using WIFI, just 3G .. Anyways, great site!

  2. I loved as much as you will receive carried out right here. The sketch is attractive, your authored material stylish. nonetheless, you command get got an nervousness over that you wish be delivering the following. unwell unquestionably come more formerly again since exactly the same nearly a lot often inside case you shield this increase.

Leave a Reply

Your email address will not be published. Required fields are marked *