प्रकाशकीय: हामी आयौं द्रुत अनि निक्खर समाचार लिएर

प्रकाशकीय: हामी आयौं द्रुत अनि निक्खर समाचार लिएर

"0" Comments

‘बुकी’को अर्थ हुन्छ, ‘केही नमिसाइएको; निक्खर।’

बुकी हिमाली लेखमा हुने, भेट्नोविनाका लामा नरम भुवादार बाक्ला पात तथा सेता नरम फूल हुने बुटी वा झार हो ।

हामी यही सुन्दर नामबाट समाचारका रुपमा आएका छौ । यो बुकी फूल मिडिया प्रा.ली. द्धारा सञ्चालित अनलाइन न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले मध्यपहाडी भेगका समसामयिक घटना-परिघटनाको ताजा अपडेटका साथै यहाँको सुन्दर भुगोल, प्रकृती, जनजीवन, भाषा, कला र संस्कृतीलाई समेट्छ । यससँगै समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना-प्रविधी, भिडियो तथा विश्लेषनलाई पनि दिन्छ ।

बूकीन्युज मार्फत हामी मध्यपहाडी भेगका समसामयिक घटना-परिघटनाको ताजा अपडेटका साथै यहाँको सुन्दर प्रकृती, जनजीवन र भाषा, कला अनि संस्कृतीबारे विस्तारमा लेख्ने छौ । यहाँका खबरहरु सुनाउने छौं, देखाउने छौं ।

बदलिदो परिवेशसंगै पछिल्लो समय सूचना-प्रविधीमा भैरहेको विकास तथा विस्तारलाई पछ्याउदै हामी डिजिटल माध्यमबाट हरपलका खबर सम्प्रेशन गर्नेछौं ।

हुन त पछिल्लो समय सुचना र समाचार पाउने माध्यमहरुको विकास यसरी भैरहेको छ की, पाठकहरुले ‘भयो-भयो’ भन्ने अवस्था आईसकेको छ । तर हामी विश्वास दिलाउन चाहन्छौं, हामी हजारौं सञ्चार संस्थाको भासमा हराउने छैनौं ।

हामी हाम्रा पाठकका लागी चासोपूर्ण नयाँ अनुभव सहितको द्रुत गतिमा खुल्ने द्रुत र निक्खर समाचार लिएर आएका छौ ।

हजुहरुको माया र साथ अनि प्रतिक्रियाको आशा सदैव राख्दछौं ।

 

लिलामणी गौतम
अध्यक्ष
बुकी फूल मिडिया प्रा.ली.


Leave a Reply

Your email address will not be published. Required fields are marked *