नेपाल पत्रकार महासंघ रूकुम पश्चिमको जिल्ला अधिवेशन तथा साधारण सभा सुरू
नेपाल पत्रकार महासंघ रूकुम पश्चिमको जिल्ला अधिवेशन तथा साधारण सभा सुरू
रूकुम पश्चिम । नेपाल पत्रकार महासंघ रूकुम पश्चिम शाखाको ७ औं जिल्ला अधिवेशन तथा ८ औं बार्षिक साधारण सभा सुरू भएको छ । जिल्ला सदरमुकाम मुसीकोटमा आज कार्यक्रमको उद्घाटन गरिएको हो ।
जिल्ला शाखाले अहिलेसम्म गरेका काम तथा प्रगती बारे अध्यक्ष लक्ष्मण केसीले जानकारी गराएका थिए । ‘हामीले यो कार्यकालमा पेशागत सुरक्षा र मर्यादित पत्रकारितालाई कायम राख्न सकेको प्रयास र पहल गर्यौं।’ उनले भने, ‘साथै संस्थागत विकासमा पनि विगतभन्दा प्रगती भएकै छ। सबैको सहयोगबाट यो सम्भव भएको हो।’
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अतिथीहरूले पत्रकारिताको गुणास्तरिय विकास गर्ने बिषयमा सबै गम्भिर हुन जरूरी रहेको औल्याएका थिए । प्रमुख अतिथी जिल्ला समन्वय समितिका उप-प्रमुख दिपेन्द्र विकले समाज सुधारको महत्वपुर्ण जिम्मेवारीमा रहेको पत्रकारिता पेशाको गुणात्मक विकासका लागी सबैको हातेमालो गर्नुपर्ने बताए । ‘लोकतन्त्रको रक्षार्थ पत्रकारको असल पहरेदारी जरूरी छ’ उनले भने।
साथै पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष कलेन्द्र सेजुवालले रूकुमका पत्रकार र पत्रकारिताको बिषय प्रशंसनीय रहको बताउदैं रूकुम पश्चिम शाखाले गरेको काम तथा गतिविधीका बारेमा पनि प्रशंसा गरे । ‘पछिल्लो समय पत्रकरिता पेशामा चुनौतीहरू थपएकै छन् । तर यसको सामना गर्न पत्रकार स्वयमले पहिला आफुलाई तयार गर्नुपर्छ ।’ उनले भने ‘यसका लागी पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ सधै साथ रहनेछ ।’
अधिवेशन तथा साधारण सभाको उद्घाटन पश्चात वन्द सत्रबाट सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गरिएको छ । नयाँ कार्यसमिती चयणको प्रक्रिया भने केन्द्रको निर्णय अनुसार यसपछी हुने अध्यक्ष केसीले दिए ।
उद्घाटन समारोह कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका नेता तथा प्रतिनिधी, बिभिन्न पालिकाका जनप्रतिनिधी, बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, पत्रकारका पेशागत संघ-संगठनका प्रमुख तथा प्रतिनिधि एवम् सरोकारवलाको उपस्थिती रहेको थियो ।