५ बुदे घोषणापत्र जारी गर्दै पत्रकार महासंघ रुकुम पश्चिमको अधिवेशन सम्पन्न

५ बुदे घोषणापत्र जारी गर्दै पत्रकार महासंघ रुकुम पश्चिमको अधिवेशन सम्पन्न

"0" Comments

रुकुम पूर्व । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको ७ औं जिल्ला अधिवेशन तथा ८ औं वार्षिक साधारण सभाले पाँच बुँदे रुकुम घोषणा पत्र जारी गरेको छ । जिल्ला अधिवेशन तथा साधारण सभा सम्पन्न गरेसंगै आज महासंघले घोषणपत्र जारी गरेको हो ।

घोषणपत्रमा रुकुम पश्चिमको कला, संस्कृति, पर्यटन, सञ्चार क्षेत्र र समग्र विकासका लागि सरकारको ध्यानाकर्षण गराउने, पत्रकारिता क्षेत्र व्यवसायीक हुन नसक्दा पैदा भएको निराशाको कारण नयाँ पुस्ताको आकर्षण हुन नसकेको र पत्रकारिता गरिरहेकाहरु पेशाबाट पलायन हुने क्रम बढेकोले मिडिया क्षेत्रको सम्भावना उजार गर्दै लगानी गर्न सरोकारवाला निकाय समक्ष माग गर्ने कुरा उल्लेख गरिएको छ ।

त्यसैगरी पछिल्लो समय विभिन्न सामाजिक सञ्जाल मार्फत पत्रकार आचारसंहिता भन्दा बाहिर हुने विभिन्न गतिविधिहरुले पत्रकारिता क्षेत्रको मर्यादा र विश्वसनियता माथि प्रश्न चिन्ह उठ्ने गरेकोले यसको नियमन तथा नियन्त्रणका लागि सरोकारवालाहरुको ध्यानाकर्षण गराउने पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।

श्रमजिवि पत्रकारिता ऐन अनुसार पत्रकारहरुले न्यूनतम पारिश्रमिक समेत पाउन नसकिरहेकोले उक्त ऐनको पूर्ण कार्यान्वयनको लागि राज्यको ध्यानाकर्षण गराउने र न्यू मिडियाको उचित व्यवस्थापन, लोक कल्याणकारी विज्ञापनको वितरण, स्थानीय स्तरका सञ्चार माध्याम र सञ्चारकर्मीहरुको क्षमता विकास र अवसरका लागि सरकारले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने कुरा घोषणा पत्रमा उल्लेख गरिएको छ ।

७ औं जिल्ला अधिवेशन तथा ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको अवसरमा पत्रकार र सञ्चार माध्यामको हकहितको लागि घोषणापत्र जारी गरिएको महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *