जन्मजात निलो हुने मुटुरोग के हो ?
जन्मजात निलो हुने मुटुरोग के हो ?

जन्मजात मुटुरोगमध्ये शिशुमा देखिने सबैभन्दा जटिल किसिमको रोगमध्ये एक हो निलो हुने मुटुरोग । मुटुको प्रणालीमा समस्या भई जन्मिंदा शिशुको छाला निलो हुने यो रोगलाई चिकित्सकीय भाषामा क्यानोटिक हार्ट डिजिज भनिन्छ ।
यो रोग लागेका करिब दुईदेखि तीन प्रतिशतको लक्षण जन्मेको एक महिनाभित्रै देखा पर्छ । जसमध्ये एकदेखि तीन जना नवजात शिशुको समयमै उपचार नभएको खण्डमा जन्मेको केही दिनभित्रै मृत्यु हुनसक्छ । तर समयमा पहिचान भए यो रोगबाट बच्न सम्भव छ ।
यो रोगका प्रकार
जन्मजात निलो हुने मुटुरोग मुख्यगरी पाँच प्रकारका हुन्छन् ।
टेट्रालोजी अफ फालोट : यो सबैभन्दा बढ़ी देखिने निलो हुने मुटुरोग हो । यसमा मुटुको तल्लो कोठाबीचको भित्तामा प्वाल पर्ने, फोक्सोको धमनी साँघुरो हुने, दाहिने भेन्ट्रिकल मोटो हुन्छ ।
टोटल अनमोलस पल्मोनरी भेनिअस : यस्तोमा फोक्सोबाट मुटुसम्म रातो रगत बोक्ने नलीमा समस्या हुनु हो । रातो अक्सिजन सञ्चार गर्ने नली मुटुको बायाँतर्फको खण्डमा जोडिनुपर्छ । तर यो निलो हुने मुटुरोगमा बायाँ एट्रियममा नजोडी अन्य ठाउँमा जोडिएको हुन्छ । जसले अक्सिजन पुग्ने नलीमा अवरोध ल्याउँछ ।
ट्रान्सपोजिसन अफ ग्रेट आर्टरिज : यो निलो हुने मुटुरोग नवजातमा सबैभन्दा बढ़ी देखिन्छ । दायाँ दाहिने भेन्ट्रिकलबाट र बायाँ भेन्ट्रिकलबाट फोक्सोको धमनी देखिन्छ । यो धमनीको स्थानान्तरण सामान्य हृदय संरचनाको विपरीत छ ।
ट्रिक्युपिड आर्टेसा : यो दुई दाहिने मुटुकोठाबीचको भल्ब नबनेको अवस्था हो । यो अवस्थाले मुटुको रक्त प्रवाहलाई सीमित गर्छ । यो रोगले दाहिने तल्लो मुटुको भागलाई विकास हुन दिंदैन ।
पल्मोनरी एट्रेसिया : दाहिने भेन्ट्रिकलबाट फोक्सोको धमनीमा भल्बको विकास नभएको अवस्था हो ।
कारण
गर्भावस्थामा चुरोट तथा मदिरा सेवन वा पौष्टिक आहारको कमी, आमाबुबा वा नजिकको नातेदारमा जन्मजात मुटुरोग हुनु वा बच्चामा क्रोमोजोमको गडबडी हुनु पनि निलो हुने मुटु रोगको कारणमा पर्छन् ।
लक्षण
-शिशु जन्मिंदै निलो भएर जन्मिने वा जन्मेको केही समयपछि निलो भएर आउँछ ।
-खुट्टा र हातको नङको तल, मुखको वरिपरि, ओठ, मुखभित्र र जिब्रो तल निलो देखिन्छ । यी बच्चाहरूको खुट्टा र हात नङको तल निलो र मोटो हुन्छ ।
-जन्मेको केही क्षणपछि रुनेबेलामा बल प्रयोग गर्दा निलोपन झन् बढ्ने, सास फेर्न गाह्रो हुने र छिटो छिटो सास फेर्ने, धेरै छटपटाइरहने, बेहोस हुने हुनसक्छ ।
-बच्चा अलि ठूलो भएपछि रोगको प्रकृतिअनुसार निलोपन बढ्ने र दैनिक क्रियाकलापमा समस्या देखापर्न सक्छ ।
-उमेरअनुसार तौल नबढ्ने, कमजोर भइरहने, चाँडै थाक्ने, छाती दुख्ने, बेहोस हुने, हिंड्दा छिटो थाकेर थचक्क बस्ने जस्ता लक्षण देखा पर्छन् ।
यी सबै लक्षण फोक्सोको धमनी र फोक्सोमा कम रगत आपूर्ति हुँदा देखिन्छन् । जसले गर्दा शरीरमा कम अक्सिजनयुक्त रगत आपूर्ति हुन्छ ।
रक्त सञ्चारको क्रममा फोक्सोमा रगतको मात्रा बढी हुने खालका कतिपय निलो हुने जन्मजात मुटुरोगमा माथि उल्लेखित जस्तै निलो हुने लक्षणका साथै राम्रोसँग दूध चुस्न नसक्ने, दूध चुस्ने समयमा निधारमा धेरै पसिना आउने, छिटो–छिटो कडा निमोनिया भइरहने, जीउ सुन्निने जस्ता हार्ट फेलरका लक्षण देखा पर्छन् ।
उपचार तथा पहिचान
जन्मजात मुटुरोगका विभिन्न लक्षणको आधारमा विभिन्न जाँच जस्तै, पल्स ओक्सिमेट्री (अक्सिजन स्तर जाँच), छातीको एक्सरे, ईसीजी, इकोकार्डियोग्राफी (मुटुको भिडियो एक्सरे)को परीक्षणबाट मुटुरोगको पहिचान हुन्छ ।
मुटुरोग छ कि भनेर गर्भावस्थाको १८ हप्तादेखि भ्रूणको मुटुको भिडियो एक्सरे र फेटल इकोकार्डियोग्राफी गरिन्छ । निलो हुने खालका अति जटिल प्रकृतिका रोगमा जन्मेको एक महिनाभित्रै शल्यक्रिया गरिसक्नुपर्ने हुन्छ । शल्यक्रियाको विकल्पमा बिना चिरफार इन्टरभेन्सनल पद्धति पनि गर्न सकिन्छ । मुटुको रोगमा दुईदेखि तीन चरणको जोखिमपूर्ण शल्यक्रिया आवश्यकता पर्छ ।
इन्टरभेन्सनल उपचार र शल्यक्रियापछि पनि कतिपय जटिल रोगमा निरन्तर औषधिको सेवनका साथै आजीवन बाल मुटुरोग विशेषज्ञ र बालमुटु शल्यचिकित्सकको सम्पर्कमा बस्नुपर्ने हुनसक्छ ।
रोकथाम
-गर्भवती महिलामा उच्च रक्तचाप, मधुमेह देखिएमा नियन्त्रणमा राख्नुपर्छ ।
-तनावबाट मुक्त रहने, उचित खानपिन र पौष्टिक आहारमा ध्यान दिनुपर्छ ।
-पहिलो तीन महिनाको गर्भावस्थामा विभिन्न भाइरल इन्फेक्सनबाट बच्नुपर्छ ।
-गर्भ रहन सक्ने उमेरका महिलाहरुले रुबेला भाइरसविरुद्ध खोप लगाउनुपर्छ ।
-गर्भवती महिलाले चिकित्सकको सल्लाहबिना जथाभावी औषधि, धुम्रपान तथा मद्यपान सेवन र विकिरणको प्रभावबाट बच्नुपर्छ ।
-आयोडिनयुक्त नुनको प्रयोग तथा फोलिक एसिड मिश्रित खाना प्रशस्त खानुपर्छ ।
-गर्भमा हुर्किरहेको भ्रूणमा पनि मुटुरोग छ कि छैन पत्ता लगाउन गर्भावस्थाको १८ हप्तादेखि भ्रूणको मुटुको भिडियो एक्सरे (फेटल इकोकार्डियोग्राफी)को माध्यमबाट जाँच गर्नुपर्छ ।
अनलाइनखबर डट कमबाट ।
7 thoughts on “जन्मजात निलो हुने मुटुरोग के हो ?”
Leave a Reply Cancel reply
सम्बन्धित खवर

As a Newbie, I am constantly browsing online for articles that can be of assistance to me. Thank you
hello!,I love your writing so much! proportion we communicate more approximately your post on AOL? I require a specialist on this area to resolve my problem. May be that is you! Looking ahead to look you.
Its excellent as your other content : D, thanks for posting. “What makes something special is not just what you have to gain, but what you feel there is to lose.” by Andre Agassi.
Today, I went to the beach with my kids. I found a sea shell and gave it to my 4 year old daughter and said “You can hear the ocean if you put this to your ear.” She placed the shell to her ear and screamed. There was a hermit crab inside and it pinched her ear. She never wants to go back! LoL I know this is totally off topic but I had to tell someone!
Well I really liked reading it. This information offered by you is very helpful for proper planning.
I found your blog web site on google and verify just a few of your early posts. Proceed to keep up the very good operate. I simply additional up your RSS feed to my MSN News Reader. In search of forward to studying extra from you afterward!…
I do agree with all the ideas you have presented in your post. They are really convincing and will definitely work. Still, the posts are too short for newbies. Could you please extend them a bit from next time? Thanks for the post.