सिस्ने स्वास्थ्यचौकीमा अल्ट्रासाउन्ड सेवाको लागि यूएसजी मेसिन हस्तान्तरण
सिस्ने स्वास्थ्यचौकीमा अल्ट्रासाउन्ड सेवाको लागि यूएसजी मेसिन हस्तान्तरण
रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिका– १ मा रहेको सिस्ने स्वास्थ्य चौकीलाई यूएसजी मेसिन हस्तान्तरण गरिएको छ । फेयरमेड फाउण्डेसन, सर्बाङ्गिन विकास केन्द्र नेपालको आर्थिक सहयोगमा आज सिस्ने गाउँपालिकामा पुगेर मेसिन हस्तान्तरण गरिएको हो ।
ग्रामीण क्षेत्रका गर्भवती महिलाहरूलाई नजिकैको स्वास्थ्य संस्थामा अल्ट्रासाउन्ड जाँचको सुविधा उपलब्ध गराई सुरक्षित मातृत्व सुनिश्चित गर्न, गर्भावस्थाको समयमा जोखिम पहिचान गर्न, अल्ट्रासाउन्ड जाँचको माध्यमबाट गर्भावस्था सम्बन्धी समस्याहरूको पहिचान गरी समयमै उपचार गर्ने व्यवस्था गरेर मातृ तथा शिशु मृत्युदर घटाउन उक्त मेसिनले हस्तान्तरण गरिएको हो ।
त्यस्तै स्वास्थ्य सेवाको गुणस्तर सुधार गरी विश्वासको वातावरण जागृत गराउँने उद्श्यले पनि मेसिन हस्तान्तरण गरिएको सर्वाङ्गिण विकास केन्द्र नेपाल अन्तरगत ग्रामिण स्वास्थ्य सुधार परियोजनाका परियोजना संयोजक उदय केसीले जानकारी दिए ।
यूएसजी मेसिन र यूपिएस व्याट्रि सहित यूएसजी मेसिन सर्वाङ्गिण विकास केन्द्र नेपाल का अध्यक्ष ई. संगित रेग्मी र ग्रामिण स्वास्थ्य सुधार परियोजनाका परियोजना संयोजक उदय केसीले गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीलाई हस्तान्तरण गरेका हुन् । ५ लाख २१ हजार ४ सय ९५ लागतमा उक्त समाग्रि वितरण गरिएको परियोजना संयोजक केसीले जानकारी दिए ।
त्यस्तै स्वास्थ्य कार्यालय रुकुम पूर्वको संयोजनमा, स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेश बुटवलको आयोजनामा र फेयरमेड फान्डेसन, सर्बाङ्गिन विकास केन्द्र नेपालकोे आर्थिक सहयोगमा सिस्ने स्वास्थ्य चौकी र हुकाम स्वास्थ्य चौकीबाट १÷१ जना एसबीए तालिम प्राप्त नर्सिङ स्टाफका लागि २१ दिने ग्रामीण प्रसूति अल्ट्रासाउन्ड सेवा तालिमका लागि आम्दा अस्पताल झापामा पठाउँन लगिएको संयोजक केसीले जानकारी दिए ।।

Hey there! Would you mind if I share your blog with my myspace group? There’s a lot of people that I think would really appreciate your content. Please let me know. Many thanks
I really like your writing style, excellent information, thanks for posting : D.
Good write-up, I am normal visitor of one?¦s blog, maintain up the nice operate, and It is going to be a regular visitor for a long time.
I have been surfing online more than 3 hours as of late, yet I never found any interesting article like yours. It’s lovely price enough for me. In my view, if all webmasters and bloggers made good content as you did, the net might be a lot more useful than ever before.