चुन्बाङ स्थित भेरीडाँडाको युद्ध संग्राहलय अलपत्र
चुन्बाङ स्थित भेरीडाँडाको युद्ध संग्राहलय अलपत्र
रुकुम पूर्व । भुमे गाउँपालिका–४ मा पर्छ चुन्बाङको भेरीडाँडा । यो त्यही ठाउँ हो जहाँ बसेर तत्कालिन नेकपा माओवादीले सशस्त्र संघर्षको बाटोबाट मोडिने ऐतिहासिक निर्णय गरेको थियो । नेकपा माओवादीका नेता तथा रुकुम पूर्वबाट निर्वाचित प्रतिनिधी सभा सदस्य पुर्णहादुर घर्तीका अनुसार २०६२ असोजमा माओवादीले यस ठाउँमा विस्तारित बैठक ग¥यो । करिब दुई साता चलेको उक्त बैठकबाट लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पारित भएसंगै माओवादीले युद्धविराम गरेर अन्य संसदिय दलसंग शान्तिपुर्ण सहकार्य गर्न तयार भएको थियो ।
तत्कालिन समयमा माओवादी जिल्ला ईन्चार्ज समेत रहेका घर्तीले युद्धताका बिभिन्न गतिविधी चुन्बाङको भेरीडाँडालाई नै केन्द्र बनाएर गरिएको स्मरण गरे । उनले भने, ‘त्यो बेला यो ठाउँमा हाम्रो पार्टीका शिर्ष नेताको निकै चहलपहल हुन्थ्यो । यसकारण चुन्बाङलाई हामीले क्षेत्रिय सदरमुकामका रुपमा समेत घोषणा गरेका थियौं ।’
तत्कालिन माओवादी सेनाका सर्वोच्च कमाण्डर समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले समेत बेला–बेलामा सेल्टर लिएर युद्धका रणनीति बनाएको भएर शान्ती प्रक्रियापछी भेरीडाँडालाई माओवादीले संग्राहलयका रुपमा विकास गर्ने योजना अगाडी सार्यो । संग्राहलय निर्माणका लागी भनेर यस बिचमा केही काम पनि भए । २०६२ पछी चुन्बाङ छोडेका माओवादी अध्यक्ष तथा वर्तमाण प्रधानमन्त्री दाहाल करिब ११ बर्षपछी आफु दोस्रोपटक प्रधानमन्त्री भएका बेला गत २०७३ पुस ९ गते यहाँ पुगेका थिए । त्यो बेला उनले ‘गुरिल्ला ट्रेल’ र ‘ऐतिहासिक चुन्बाङ बैठक स्मृती संग्राहलय’ को उद्घाटन समेत गरे । चुन्बाङमा रहेर आफुले गरेका राजनीतिक गतिविधीको स्मरण गर्दै यस क्षेत्रको विकास र समृद्धीका लागी प्रतिवद्धताको कसम खाएका दाहाल त्यसपछी भने यहाँ फर्किएर आएका छैनन् ।
युद्धताका प्रचण्ड बसेको भनिएको घर र माओवादीको विस्तारित बैठक बसेको स्थललाई संरक्षण गरेर बनाईएको युद्ध संग्राहलयमा उद्घाटनपछी जुन गतिमा काम हुनुपर्ने हो त्यो भने हुन नसकेको स्वयम् माओवादी नेताहरु स्विकार्छन् । सांसद घर्तीले भेरीडाँडालाई ऐतिहासिक स्थालका रुपमा विकास गरेर संसारले सिक्ने युद्ध पाठशालाका रुपमा प्रचारप्रसार गर्ने अफुहरुको योजनाले आकार लिन नसकेको बताए । ‘पञ्चायत, बहुदल र जनयुद्ध हुदै गणतन्त्र सम्म आईपुग्दा यस बिचमा चुन्बाङको आफ्नो योगदान र ऐतिहासिक योगदान रहेको छ ।’ घर्तीले भने, ‘यो ठाउँलाई खुला युद्ध संग्राहलयका रुपमा विकास गर्न जुन प्रकारको प्रयास र पहल हुनुपथ्र्यो त्यो भने गर्न नसकिएकै हो ।’
भेरीडाँडामा रहेको प्रचण्ड बसेको भनिएर घर, प्रतिक्षालय र आगनलाई सामान्य घेरबार गरिएको छ । तर उक्त घर रित्तो छ भने यहाँ रहेका अरु संरचना पनि जिर्ण हुदै जान थालेका छन् । दाहालले ६ बर्षअघि उद्घाटन गरेको संग्राहलयमा अहिले हेर्न लायक यस बाहेक केही छैन । स्थानिय मोहोनलाल ओलीले यस ठाउँलाई माओवादीले बिर्सदै गएको र संग्राहलयका नाममा कमाई खाने भाडो बनाएको आरोप लगाएका छन् । युद्धताका माओवादीको निकै चहलपलह देखेका ६७ बर्षिय ओलीले शान्ती प्रक्रियापछी पनि यहाँ के–के न हुन्छ भन्ने अपेक्षा राखेपनि बैठक स्थलको घेरबार र यहाँसम्म सडक पुर्याउने बाहेक अरु केही हुन नसकेको गुनासो गरेका छन् ।
शान्ती प्रक्रियापछी सत्तामा पुगेको माओवादीले चुन्बाङको विकास र यहाँका जनमनका माग तथा आवश्यकता परिपुर्तीका लागी जति गर्नुपथ्र्यो र गर्नसक्थ्यो उति गर्न नसकेको स्थानिय समेत रहेका कांग्रेस नेता नन्दबहादुर विष्ट बताउछन् । अब युद्ध जरुरी छैन भन्ने सन्देश दिन र यसका असर र अवशेष बारे नयाँ पुस्तालाई बताउनका लागी भेरीडाँडामा संग्राहलयको आवश्यकता रहेको औंल्याउदै विष्ट भन्छन्, ‘युद्धताका माओवादीले सबैभन्दा धेरै गतिविधी गरेको यो ठाउँलाई ऊ सत्तामा गएपछी अनदेखा गरेकै हो । केही सिमित व्यक्तिले संग्राहलयका नाममा सरकारी बजेट सक्ने काम मात्रै गरे । तर हामीले त्यसको महसुस भने गर्न पाएनौ ।’
भेरीडाँडामा संग्राहलय स्थापनका लागी शान्तीप्रक्रिया पछी निरन्तर बजेट विनियोजन गरिएको भुमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताएका छन् । उनका अनुसार अघिल्लो सरकारले बर्षेणी १० देखी २० लाख रुपैया लगानी गरेको छ भने चालु आर्थिक बर्षमा लुम्बिनी प्रदेश सरकारले संग्राहलय विकासका लागी भनेर ५० लाख विनियोजन गरेको छ । यस बिचमा संग्राहलय स्थालको आधारभुत संरक्षण र सडकको काम हुन सकेपनि युद्ध संग्राहलयको झल्को दिने कुनै कुरा यहाँ नभएको स्थानिय एक्कबहादुर ओलीले बताए । उनले भने, ‘प्रचण्डको नाम भजाएर मात्रै कतिसम्म कराउने ? साच्चैको संग्राहलय हो भने भने त्यही अनुसारको संरचना पनि त हुनुपर्यो नी !’
दोस्रोपटक प्रधानमन्त्री हुदाँ यहाँका पुगेका दाहाल फेरी पनि चुन्बाङ मै पुग्नुपर्छ भन्ने भन्दापनि अहिले फेरी पनि उनि प्रधानमन्त्री भएका बेला आफहरुमा आशा पलाएको स्थानिय कल्पना बुढाले बताईन् । दाहालको नेतृत्वमा सरकार गठन भएको अहिलेको अवस्थामा चुन्बाङको विकास र आफुहरुका आवश्यकताहरुको आवश्यक सम्बोधन हुनुपर्ने बुढाको माग छ ।
जिल्ला सदरमुकाम रुकुमकोट संग जोड्ने आधा दर्जन बढी सडकहरु निर्माणधिन अवस्थामा भएपनि सवारी आवतजावतको आवस्था भने अहिले पनि सहज नभएको स्थानिय बलबिर डाँगीले बताएका छन् । साथै आधारभुत आवश्यकताको खोजीमा यहाँका नागरिक बसाई सर्ने क्रम समेत बढेको डाँगीको भनाई छ । उनि भन्छन्, ‘बाटोघाटो राम्रो छैन । विद्यालय, अस्पताल गतिला छैनन् । अनि रोजगारको अवसर पनि छैन । यसकारण मान्छेहरु दाङ–नेपालगञ्जतर्फ बसाई सदैछन् ।’
पछिल्लो निर्वाचनबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका पुर्णबहादुर घर्ती पनि चुन्बाङ कै स्थानिय हुन् । यसभन्दा अघि प्रदेश सभा सदस्यमा निर्वाचित भएर सभामुख समेत भएका घर्तीले चुन्बाङको अपेक्षित विकास हुन नसकेको कुरा स्विकार गर्दै तिनै तहका सरकारले चुन्बाङ र सिंगो रुकुम पूर्वको विकासका लागी लाग्नुपर्ने कुरामा जोड दिएका छन् । साथै यसका लागी आवश्यक पहल गर्ने समेत घर्तीको प्रतिवद्धता रहेको छ ।