आगलागीबाट मृत्यु भएकी बुदि कामीको परिवारलाई दुई लाख दिईने
आगलागीबाट मृत्यु भएकी बुदि कामीको परिवारलाई दुई लाख दिईने
रुकुम पश्चिम । रुकुम पश्चिको बाँफिकोट गाउँपालिका वडा नम्वर ३ मा भएको आगलागीमा परेर ज्यान गुमाउने बुदि कामीको परिवारलाई २ लाख राहत दिइने भएको छ । आज बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले आगलागीमा परि मृत्य भएकी ७१ वर्षिया कामीको परिवारलाई २ लाख राहत दिने निर्णय गरेको हो ।
यहि बैशाख ९ गते जंगलमा फैलिएको आगो कामीको घरमा सल्केको थियो । घरमा आगो लागे पछि घरमा रहेको गहना निकाल्न गएकी कामीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको हकवालाले विपत पिडित उद्धार र राहत सम्वन्धि सातौ संशोधन मापदण्ड २०७७ बमोजिम पाउनु पर्ने राहत वितरण गरिने जिल्ला विपत व्यवस्थापन समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रशाद पन्तले जानकारी दिए ।