रुकुम जिल्ला अदालतद्धारा एक बर्षमा लक्ष्यभन्दा धेरै मुद्धाको फैसला
रुकुम जिल्ला अदालतद्धारा एक बर्षमा लक्ष्यभन्दा धेरै मुद्धाको फैसला
रुकुम पश्चिम । रुकुम जिल्ला अदालतले आर्थिक बर्ष २०८१/०८२ मा लक्ष्यभन्दा धेरै मुद्धाको फैसला गरेको छ । एक बर्षका लागी जम्मा ४ सय ४२ वटा मुद्धा फैसला गर्ने लक्ष्य लिएकोमा ५ सय ६ वटा अर्थात १२४.४७ प्रतिशत मुद्धा फैसला गरेको बताईएको छ । यसमध्ये ३ सय ६४ वटा देवानी र १ सय ४२ वटा फैजदारी मुद्धा रहेका छन् ।
जिल्ला अदालतका श्रेस्तेदार मन्दिरा शाहीका अनुसार यो बर्षमा नयाँ दर्ता ५ सय ३ र अघिल्लो आर्थिक बर्षबाट सरि आएका १ सय ७३ गरी जम्मा ६ सय ७६ मुद्धा रहेका थिए । ‘यसमध्ये फैसला भएकामा नयाँ दर्ताबाट ३ सय ३४ र अघिल्लो आर्थिक बर्षबाट सरेर आएकाबाट १ सय ७२ वटा रहेका छन् ।’ उनले भनिन्, ‘साथै यस बर्ष जम्मा ७१ वटा मुद्धामा मेलमिलाप गरिएकोमा यसमध्ये २१ वटामा मिलापत्र गरिएको र ३ वटा प्रक्रियामा रहेका छन् । बाँकी ४७ वटा मेलमिलाप असफल भएको तथ्यांक छ ।’
यसका साथै यस बर्ष जम्मा ९ सय ९२ बर्ष ३ महिना १८ दिन कैद फछर्यौट हुनुपर्नेमा ४ सय १७ बर्ष ४ महिना १९ दिन फछर्यौट गरिएको र ५ सय ७४ बर्ष १० महिना २९ दिन बाँकी रहेको पनि बताईएको छ । र जरिवाना मार्फत जम्मा ५ करोड ४४ लाख ४१ हजार ५ सय ७३ रुपैयाँ २२ पैसा फछर्यौट हुनुपर्नेमा २ करोड ४६ लाख ९० हजार ९९ रुपैयाँ ७० पैसा फछर्यौट भएको र २ करोड ९७ लाख ५१ हजार ४ सय ४७ रुपैयाँ ५२ पैसा फछर्यौट हुन बाँकी रहेको भनिएको छ ।
जिल्ला न्यायाधीश रामप्रसाद वस्यालले फैसला भएका कुल ५ सय ६ वटा मुद्धा मध्ये सम्बन्ध विच्छेदका मात्रै २ सय ४४ अर्थात ४८.२२ प्रतिशत रहेको जानकारी गराउदैं यो संख्या भयाभह भएकोतर्फ संकेत गरे । ‘बर्षभरी फैसला भएका कुल मुद्धामध्ये झण्डै आधा मुद्धा सम्बन्ध विच्छेदका हुनु सुखद् संकेत होईन । यसले हाम्रो समाज कता गैररहेको छ भनेर एउटा डरलाग्दो संकेत गर्छ ।’ उनले भने ।

Join our affiliate program and watch your earnings skyrocket—sign up now! https://shorturl.fm/0rYNn
Get paid for every click—join our affiliate network now! https://shorturl.fm/EYkok
https://shorturl.fm/EVZPw
https://shorturl.fm/bYOCj
https://shorturl.fm/nQl14
https://shorturl.fm/H8Din
https://shorturl.fm/XHmeO
https://shorturl.fm/zD36z
https://shorturl.fm/Ly7JW
https://shorturl.fm/yNuMc
https://shorturl.fm/k3mIP
https://shorturl.fm/mtjO8
https://shorturl.fm/Wjp8w
https://shorturl.fm/UwVJk
https://shorturl.fm/Bwfb6