यूवाहरुमा समाजसेवा र सामुहिकताको अभ्यासमा कमी
यूवाहरुमा समाजसेवा र सामुहिकताको अभ्यासमा कमी

रुकुम पूर्व । रुकुमकोट छिप्रिदह बजारका स्थानियहरु केही वर्ष अघिसम्म साप्ताहिक वा मासिक रूपमा मिलेर समुदायका सरसफाइका काम गर्थे। बजार क्षेत्रलाई सफा राख्न, साना विकास निर्माणका काम गर्न स्थानीयवासीहरु सक्रियरूपमा सहभागी हुन्थे। तर, हाल आएर नयाँ पुस्ता त्यस्ता कार्यमा खासै रुचि नदेखाउने स्थानीय बुद्धिजीवी कुशलव रेग्मी बताउँछन् ।
त्यस्तै, बाहुनडेराका समुदाय पहिलेदेखी नै बाटो घाटो सफा गर्ने, लुस्पा धारा व्यवस्थापन गर्ने र मठमन्दिर सरसफाइ गर्ने कार्यमा सक्रिय थिए। छिमेकीहरूबीच ऐचोपैचो चल्ने चलन थियो। तर, अहिले त्यस्ता सामाजिक कार्यहरू सुस्ताउँदै गएका छन् ।
टाकुराका स्थानिय पहिलेदेखि नै कमलदह सफा गर्ने, टोल सुधार गर्ने कार्यमा जुट्थे। ढकालबारा क्षेत्रमा पनि यस्तै उदाहरण पाइन्थ्यो। तर, अहिलेको युवा पुस्ता यस्ता कार्यहरूमा संलग्न हुन चाहँदैन।
सामुदायिक सेवाका गतिविधिमा युवाको सहभागिता किन घट्दै गएको हो तर कतिपयको भनाइमा, हालको पुस्ताले सरकारसँग मात्र आशा गर्ने प्रवृत्ति देखाएको छ। आत्मनिर्भर बन्ने प्रयास नगर्ने र समाजसेवा प्रति उदासीन रहनुले स्थानीय विकासमा असर पर्न थालेको सिस्ने गाउँ पालिका ६ का वडा अध्यक्ष पुर्नजङ्ग मल्ल बताउछन् ।
उनी भन्छन्, समाजसेवा भनेको सरकारको मात्र दायित्व होइन। समुदायका सदस्यहरू मिलेर आपसी सहयोग र सहभागितामार्फत विकासमा टेवा पुर्याउन सकिन्छ। युवा पुस्ताले समाजप्रतिको उत्तरदायित्व बुझ्न जरुरी छ। यदि समुदायलाई सफा, व्यवस्थित र सुन्दर बनाउन सकिएन भने भविष्यमा अझै धेरै समस्या आउनेछ।
समाजसेवाको भावना फेरी कसरी फर्काउन सकिन्छरु युवालाई सक्रिय बनाउन सामुदायिक जागरण अभियान, नेतृत्व विकास तालिम, प्रेरणादायी कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ। यदि युवा पुस्ताले आफ्नो ठाउँ, समाज र भविष्यप्रति जिम्मेवारी लिने हो भने मात्र दिगो विकास सम्भव हुनेछ ।
Awesome https://rb.gy/4gq2o4
Awesome https://rb.gy/4gq2o4
Good https://is.gd/N1ikS2
https://shorturl.fm/m8ueY
https://shorturl.fm/XIZGD
https://shorturl.fm/bODKa
https://shorturl.fm/YvSxU
https://shorturl.fm/a0B2m
https://shorturl.fm/m8ueY
https://shorturl.fm/j3kEj
https://shorturl.fm/YvSxU
https://shorturl.fm/Xect5
https://shorturl.fm/ypgnt