बाँफिकोट– २ र ३ का आगलागी पिडितले राहत पाएनन्

बाँफिकोट– २ र ३ का आगलागी पिडितले राहत पाएनन्

"0" Comments

रुकुम पश्चिम  । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका आगालागी पिडितले अझै राहत पाउन सकेका छैनन् । गत आइतबार दिउँसो बनमा लागेको आगो बस्तिमा पस्दा गाउँपालिकाको वडा नम्वर २ र ३ मा १८ वटा घर जलेका थिए ।

केहि घरपरिवारलाई वडाले त्रिपाल उपलव्ध गराएको भए पनि अन्य आगालागि पिडितले भने राहात पाउन नसेकेको वडा नम्वर २ का वडा अध्यक्ष प्रकाश खत्रीले जानकारी दिए । उनका अनुसार जलेका घरको मुचुल्का तयार गरेको भए पनि राहत पिडित सम्म पुग्न नसकेको हो ।

वडाका नेट्टेमा दुई वटा, मेगे र कलजुतेमा आठ वटा घरमा आगलागी भएको थियो । स्थानीय महाबिर पौडेल, नन्दराम पौडेल, मानसिङ पौडेल, सरण पौडेल, कविराम पौडेल, बल बहादुर पौडेल, कृष्ण पौडेल र कमला पौडेलको घरमा आगलागी भएका हो ।

‘घरमा आगो लागेको धेरै समय भैसक्यो, हामिले अझै पनि राहात पाउन सकेका छैनौ, त्रिपाल पाइयो भने पनि अस्थायी टेन्ट बनाएर बस्न हुन्थ्यो, तर अहिले सम्म पनि राहात आएको छैन’, नन्दराम पौडेलले बताए । आगोको कारण लेकमा बर्खाको समयमा बस्ने घर गोठहरु जलेका छन् ।

नेपाल रेडक्रसमा पनि राहातको लागि सबै पिडितहरुबाट निबेदन आउन थालेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सभापति रमा गौतमले जानकारी दिईन । ‘ हामिले निवेदन उपर छानविन गर्छौ, सधै बस्ने घर जलेर विस्तापित भएकाहरुलाई हामिले पनि केहि गैर खाद्य सामाग्रि सहयोग गर्ने छौ, घर नजलेको गोठ मात्र जलेकोहरुलाई भने स्थानीय सरकार र सरोकारवालहरुसंगको छलफलपछि मात्र राहात वितरण हुने छ ।’, सभापति गौतमले भनिन् ।

आगलागिका कारण बाँफिकोट गाउँपालिकाका चार वटा वडामा घर गोठ जलेर नष्ट भएका छन् । बाँफिकोट गाउँपालिकाको वडा नम्वर २ र ३ मा मात्रै आगलागिका कारण १८ वटा घर गोठहरु जलेको गाउँपालिका अध्यक्ष जनककुमार बाठाले जानकारी दिए । आगलागी मृत्यु भएकी बुदि कामीको परिवाले भने २ लाख रकम राहत पाउने भएको छ । जिल्ला विपत व्यवस्थापन समितिले मृतकको परिवारलाई राहत दिने निर्णय गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *