सल्ले मुलखोलामा नयाँ धारा निर्माण हुने

सल्ले मुलखोलामा नयाँ धारा निर्माण हुने

"0" Comments

रुकुम पश्चिम  । रुकुम पश्चिमको मुसीकोट नगरपालिका– १ मा मुलखोलामा रहेको मुहान संरक्षण तथा नयाँ धारा निर्माण गरिने भएको छ । नयाँ धारा निर्माणको काम सुरु भएसंगै धारामा हुने गतिविधिहरु १५ दिनको लागि बन्द भएको छ ।

पहिला निर्माण भएका धाराहरु जिर्ण बन्दै गएकाले नयाँ धारा निर्माण र मुहान भएको ठाउँ फराकिलो बनाउन लागिएको उपभोक्ता समितिका सदस्य डिलबहादुर थापाले जानकारी दिए । उनका अनुसार नयाँ धारा निर्माण, मुहान संरक्षण र मुहान तथा धारा भएको ठाउँ फराकिलो बनाईने छ ।

धारा निर्माणको लागि जलवायु परिवर्तन परियोजनाले ९ लाख रुपैँया बजेट विनियोजन गरेको छ । ९ लाखमा नयाँ धारा निर्माण र कम्पाउण्ड निर्माणको काम हुने उपभोक्ता समितिले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *