मुसिकोट कृषि उद्योगको अर्गानिक कृषि मार्टद्धारा निशुल्क मकैको बीउ वितरण
मुसिकोट कृषि उद्योगको अर्गानिक कृषि मार्टद्धारा निशुल्क मकैको बीउ वितरण
रुकुम पश्चिम । रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा रहेको मुसिकोट कृषि उद्योगको अर्गानिक कृषि मार्टले किसानलाई निशुल्क मकैको बीउ वितरण गरेको छ । मुसिकोट कृषि उद्योगको अर्गानिक कृषि मार्टले जिल्लाका ६ वटै पालिकाका किसानलाई निशुल्क मकैको बीउ वितरण गरेको हो ।
मुसीकोट नगरपालिकामा ३ क्विन्टल, आठविसकोट नगरपालिकामा २ सय ५० क्विन्टल, बाँफिकोट गाउँपालिकामा १ क्विन्टल, सानीभेरी गाउँपालिकामा ३ क्विन्टल, त्रिवेणी गाउँपालिकामा १ क्विन्टल र चौरजहारी नगरपालिकामा १ क्विन्टल मकैको बीउ वितरण गरिएको मुसिकोट कृषि उद्योगको अर्गानिक कृषि मार्टका संचालन रविन्द्र कुमार विष्टले जानकारी दिए । उनका अनुसार मनकामना– ३ र दउती जातको मकैको बीउ वितरण गरिएको हो ।
निशुल्क मकैको बीउ पाए पछि किसानहरु खुसि भएका छन् । मुसिकोट कृषि उद्योगको अर्गानिक कृषि मार्टबाट निशुल्क रुपमा मकैको बीउ पाए पछि खुसि लागेको लालबहादुर केसीले बताए । भुकम्प प्रभावित क्षेत्रको लागि भनेर अखिल किसान महासंघले २ लाख बराबरको मकैको बीउ मुसिकोट कृषि उद्योगको अर्गानिक कृषि मार्टलाई सहयोग गरेको थियो । सोहि मकैको बीउ वितरण गरिएको संचालन बिष्टले जानकारी दिए ।
त्यस्तै आठविसकोट नगरपालिका वडा नम्वर १३ र १४ का किसानलाई बर्खे सिमिको बीउ पनि निशुल्क वितरण गरिएको छ । मुसीकोट नगरपालिकामा मुसिकोट कृषि उद्योगको अर्गानिक कृषि मार्टले कृषि क्षेत्रमा काम गर्दै आएको छ । कृषि मार्टले स्थानीय उत्पादनको बजारीकरणमा सहजिकरण गरिहेको छ ।
करिब १३ लाखको लगानीमा मार्ट सञ्चालन गरिएको संचालक विष्टले जानकारी दिए । सञ्चालक बिष्टका अनुसार कृषि उपजको बजारीकरणमा समन्वय, महिला र युवा उद्यमीलाई प्रोत्साहन, स्थानीय उत्पादनको खपत र कृषिलाई व्यवसायिकरण गर्ने उद्धेश्यका साथ अर्गानिक कृषि मार्ट सञ्चालन गरिएको हो ।
दाल, मह, घ्यु, दहि, दुध, टिमुर, भाङगो, सिमी लगायतका खाद्य समाग्रीहरु मार्टबाट उपलब्ध हुनेछन् । त्यसैगरी डोका, नाङला, मुढा, अल्लो र ढाकाका कपडाहरु समेत मार्टमा पाईने सञ्चालक बिष्टको भनाई छ ।