विषादी/औषधी/एन्टीवायोटिक वितरक तथा उपयोगकर्ता सबैमा सचेतनात्मक सन्देश (एडभर्टोरियल)

विषादी/औषधी/एन्टीवायोटिक वितरक तथा उपयोगकर्ता सबैमा सचेतनात्मक सन्देश (एडभर्टोरियल)

"12" Comments

कृषक दाजुभाई तथा दिदीबहिनीहरुमा बिशेष अनुरोध

  • विषादी विष हो औषधी होईन भन्ने कुरा सदैव मनन् गर्नुहोस् ।
  • अनावस्यक रुपमा विषादीको प्रयोग नगर्नुहोस्/नगराउनुहोस।
  • विषादी खरिद गर्नुपूर्व प्राविधिकको अनिवार्य सल्लाह लिनुहोस् ।
  • तालिम प्राप्त र ईजाजत प्राप्त बिषादी खुद्रा बिक्रेताहरुबाट मात्र विषादी खरिद गर्नुहोस्
  • विषादी खरिद गर्दा पञ्जिकृत, सुरक्षित र प्रभावकारी विषादी छान्नुहोस् ।
  • विषादीको सुरक्षित तरिकाले भण्डारण गर्नुहोस् र बाल बच्चाहरुको पहुँच देखि टाढा राख्नुहोस् ।
  • सही विषादी, सही मात्रामा, सही समयमा, र सही तरिकाले प्रयोग गर्नुहोस् ।
  • विषादी चलाउँदा सुरक्षात्मक पहिरनको अनिवार्य प्रयोग गर्नुहोस्
  • विषादी प्रयोग गरिसकेपछि पर्खनुपर्ने समय व्यतित् नभएसम्म वाली टिपेर खाने र बिक्रि नगर्नुहोस्
  • भण्डारणमा लाग्ने रोग किरा व्यवस्थापन तथा नियन्त्रण गर्नका लागि सकभर स्थानिय प्रविधि अबलम्वन गर्नुहोस्।विषादी प्रयोग गर्दा सुरक्षित विषादी साबधानीपूर्वक प्रयोग गर्नुहोस् र उपभोग गर्नुपूर्व प्रतिक्षा अबधिको अनिवार्य ख्याल राख्नुहोस् ।
  • विषादीका खाली भाँडाहरु (डिब्बा, प्याकेट) सुरक्षित तरिकाले नष्ट गर्नुहोस् ।
  • विषादी बिष हुन् औषधी होईनन्, विषादीले जीव रक्षा होईन हत्या गर्छ ।
  • प्राङ्गारीक जिल्लामा जैविक विषादीको मात्र प्रयोग गरौ, रासायनिक विषादीको प्रयोग नगरौ ।

 

जैविक विषादीहरुः एजाडिरेक्टिन, ट्रार्इकोडर्मा भिरिडि,ब्यूभेरिया बेसियाना, मेटारार्इजम एनिसेपाली, स्युडोमोनास फ्लुरेन्सेस,भर्टिसिलियम लेकाली आदि ।

विषादीको सुरक्षित प्रयोग कसरी गर्ने ?

  • प्राविधिकसँगको सल्लाह अनुसार सिफारिस गरिएको विषादी आवश्यक मात्रामा प्रयोग गर्ने ।
  • समय समयमा वाली निरिक्षण गरी वालीमा कुनै समस्या छ कि छैन पत्ता लगाउने ।
  • विषादीको हरेक प्रयोग पछिको समय कुर्ने ।
  • उपभोक्ताको स्वाश्थ्यलाई मध्यनजर गरी विषादी प्रयोग गरिसकेपछिपर्खने समय पुगेपछि मात्र वाली टिप्ने ।
  • विषादी प्रयोग गर्नासाथ खेतवारीमा प्रवेश नगर्ने ।विषादी प्रयोग गरिसकेपछि रेकर्ड राख्ने ।

विषादीहरु कहाँ र कसरी राख्नुपर्छ:-

  • विषादी भण्डारण गर्नको लागि छुट्टै ठाउँ बनाउनुपर्छ ।
  • सानो मात्रामा विषादी भण्डारण गर्दा बट्टामा सिल लगाएर घरबाट टाढा राख्नुपर्छ ।भण्डारण गर्ने ठाउँमा हावा आउने-जाने व्यवस्थाको साथै ताल्चा लगाउन मिल्ने हुनुपर्छ ।
  • बालबालिका र जनावरले नभेटाउने ठाउँमा राख्नुपर्छ ।
  • विषादीहरु बीउ, घाँसपात तथा अन्य खाद्यवस्तु र मलखादबाट छुट्टै राख्नुपर्छ ।

विषादी प्रयोग पश्चात खाली बट्टाहरुलाई नष्ट गर्ने तरिका :-

  • खाली बट्टाहरुलाई कहिले पनि अन्य प्रयोगमा नल्याउने ।
  • झोलामा वा बोरामा बन्द गरेर राख्ने र सही ठाउँमा विसर्जन गर्ने ।

विषादी कारोवारमा संलग्न महानुभावहरुमा विशेष अनुरोध :

  • विषादी ऐन र नियमावली बमोजिम ईजाजत पत्र लिएर मात्र विषादीको कारोबार गर्नुहोस्।
  • नियमानुसार ईजाजत पत्र पंजिकरण प्रमाण पत्र नविकरण गर्नुहोस।
  • कारोबार गर्दा पंजिकृत विषादीहरुको मात्र कारोबार गर्नुहोस् ।
  • आफ्नो उद्योग वा पसल वा ब्यवसायमा संलग्न कामदार वा कर्मचारीलाई आबश्यक प्रशिक्षण दिनुहोस् ।
  • विषादी पंजिकरण तथा व्यवस्थापन शाखाले तोकेको मापदण्ड बमोजिम :- पंजिकृत,सुरक्षित, र प्रभावकारी दिषादीलाई मात्र प्रथमिकता दिनुहोस् ।
  • विषादीको सुरक्षित तरिकाले ओसार पसार तथा भण्डारण गर्नुहोस् ।
  • विषादी चलाउँदा सुरक्षात्मक पहिरनको अनिवार्य प्रयोग गर्नुहोस् / गराउनुहोस् ।पञ्जिकृत नभएका र प्रतिबन्धित विषादीबारे जानकारी राख्नुहोस् र त्यसता विषादी आयात तथा बिक्रिवितरण नगर्नुहोस् ।
  • विषादी बिक्रि गर्दा नेपालीमा लेखिएको विषादीको जानकारीबारे पर्चा अनिबार्य उपलब्ध गराउनुहोस् ।

एन्टिमाइक्रोवियल औषधी :

  • किटाणु /Microbial भन्नाले जिवाणु (Bacteria),विषाणु (Virus), ढुषि (Fungus), परजिवी (Parasite) लाई जनाउछ र मानिस, पशुपन्छी तथा बोट विरुवामा संक्रमण हुने यस्ता किटाणुलाई नष्ट गर्ने वा वृद्धि विकास रोक्ने औषधीलाई एन्टिमाइक्रोवियल भनिन्छ। जस्तै:-
  • एन्टिवायोटिक्स
  • एन्टिभाइरल
  • एन्टिप्यारासाइटिक
  • एन्टिफङगल

एन्टिमाइक्रोवियल प्रतिरोध भनेको के हो ?

  • एन्टिमाइक्रोवियल औषधीको अनुचित प्रयोग गर्नाले शरिरका किटाणु बलियो हुन्छन् र औषधीले काम गर्न छाड्छ जसले गर्दा संक्रमण जटिल बन्छ।यस्तो अवस्थालाई एन्टिमाइक्रोवियल प्रतिरोध भनिन्छ।
  • एन्टिमाइक्रोवियल प्रतिरोध हुनुमा मुख्यतया निम्न तत्वहरुले असर गर्दछ।
  • एन्टिमाइक्रोवियल औषधीहरुको अनुचित प्रयोग
  • आवश्यकता भन्दा अधिक प्रयोग (Overdose) वा कम प्रयोग (Underdose)
  • एन्टिमाइक्रोवियल औषधीहरुको न्युन गुणस्तर ।जनचेतनाको कमि
  • Antimicrobial resistance(AMR) विश्व स्वास्थ्य सँग जोडिएको विषय हो।
  • विश्व स्वास्थ्य संगठन (WHO)ले AMR लाई प्रमुख १० विश्व जनस्वास्थ्यको खतराको रुपमा घोषणा गरेको छ।
  • एन्टिमाइक्रोवियल औषधी विरुद्ध किटाणुहरुको प्रतिरोधी क्षमताको वृद्धि विकास गर्ने क्षमता दिनानुदिन बढ्दै गएको हुँदा यो विषय अहिले विश्वव्यापी रुपमा केन्द्रीत छ।
  • विश्वमा एन्टिमाइक्रोवियल रेसिस्टेन्स अहिलेकै अवस्थामा वृद्धि भइरहने हो भने सन् २०५० सम्ममा यसबाट मृत्यु हुनेको संख्या प्रति वर्ष एक करोड पुग्ने अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ।
  • विश्व स्वास्थ्य संगठनले सन् २०१९ मा एन्टिमाइक्रोवियल प्रतिरोधको बढ्दो चुनौती विश्व स्वास्थ्यका लागि ठुलो खतरा हो भनी चेतावनी दिएको छ।

एन्टिमाईक्रोवियल प्रतिरोध नियन्त्रणको लागि के गर्न सक्छौ ?

  • पशु चिकित्सक वा पशु प्राविधिकको सल्लाह बिना औषधीको प्रयोग नगर्ने
  • खाद्य जनावरहरूमा चिकित्सा रूपमा महत्त्वपूर्ण एन्टिमाइक्रोबियलहरूको प्रयोग कम गर्नेर गर्नु पर्ने भएमा लामो समय सम्म प्रयोग नगर्ने।
  • वृद्धि प्रवर्द्धनका (Growth promotion) लागि चिकित्सकीय रूपमा महत्त्वपूर्ण माइक्रोबियलहरूको प्रयोगलाई निषेध गर्ने।
  • एन्टिवायोटिक निकासी अवधी ख्याल गरेर मात्र पशुपन्छीजन्य पदार्थको बिक्रि वितरण तथा उपभोग गर्ने।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम (पूर्बी भाग)


12 thoughts on “विषादी/औषधी/एन्टीवायोटिक वितरक तथा उपयोगकर्ता सबैमा सचेतनात्मक सन्देश (एडभर्टोरियल)

Leave a Reply

Your email address will not be published. Required fields are marked *