सिस्ने शिक्षा क्याम्पसको अगुवाईमा रुकुमकोट बजार सरसफाई

सिस्ने शिक्षा क्याम्पसको अगुवाईमा रुकुमकोट बजार सरसफाई

"0" Comments

रुकुम पूर्व  । रुकुम पूर्वको जिल्ला सदरमुकाम रुकुमकोट बजारको विभिन्न ठाउँमा सरसफाई गरिएको छ । आज रुकुमकोटमा रहेको सिस्ने शिक्षा क्याम्पसको अगुवाईमा बजार सरसफाई गरिएको हो ।

क्याम्पसको अगुवाईमा जिल्लाको सिस्ने गाउँपालिका–५ रुकुमकोट स्थित चोक बजार, खाराचोक, बाहुन्थाना, कमलदह र क्याम्पस परिसर सरसफाई गरेको हो । बजार क्षेत्रमा प्लास्टिक जन्य फोहोर बढ्दै गएपछि सरसफाई गर्नु पर्छ भन्ने जनचेतना फैलाउने मुख्य उद्देश्यले क्याम्पसले अगुवाइ गर्दै बजार सरसफाई गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिकृष्ण गौतमले बताए ।

‘बजारका घरआँगनमा फोहोरै फोहोर भइरहेको छ घरधनीले आफ्नो आँगनमा आफैँ सरसफाई गर्नु पर्ने हो तर, सरसफाई गर्नुको सट्टा झन फोहोर गरिरहेका छन्, त्यस कारण घरधनीलाई सरसफाई गर्नु पर्छ भन्ने शिक्षा दिनका लागि क्याम्पसका सञ्चालक समिति, क्याम्पसका उपप्राध्यापक र विद्यार्थीले संयुक्त रुपमा सरसफाई गरिएको हो ।’, अध्यक्ष गौतमले भने ।

सरसफाईको क्रममा प्लास्टिक जन्य फोहोर ३५ बोरा संकलन गरिएको स्ववियू सभापति जयमान बुढामगरले जानकारी दिए । बजार क्षेत्र र घरधनीले आफ्नो घरआँगन सफा राखे आफ्नै बजार र घरआँगन सफा देखिने उनको भनाई छ ।

सरसफाई कार्यक्रममा क्याम्पस सञ्चालक समिति, क्याम्पसका उपप्राध्यापक र विद्यार्थी गरी ८० जनाको सहभागिता रहेको थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *