चुनावकाे बेला रुकुम पश्चिममा माओवादीसंग भएको गठबन्धको बारे प्रश्न मलाई नि उठ्छ : उप–सभापति खड्का

चुनावकाे बेला रुकुम पश्चिममा माओवादीसंग भएको गठबन्धको बारे प्रश्न मलाई नि उठ्छ : उप–सभापति खड्का

"0" Comments

रुकुम पश्चिम  । नेपाली काँग्रेसका उप–सभापति पुर्णबहादुर खड्काले रुकुम पश्चिममा अघिल्लो चुनावको बेला भएको गठबन्धनको विषयमा आफुलाई पनि प्रश्न उठेको बताएका छन् । चुनावको बेला काँग्रेसका उम्मेदवार नउठाएर माओवादीलाई काँग्रेसले किन सहयोग गर्यो ? भन्ने प्रश्न आफुलाई पनि उठ्ने गरेको उनको भनाई थियो ।

आज नेपाली काँग्रेस रुकुम पश्चिमको ७ औं जिल्ला अधिबेशनको पहिलो सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेसलाई धोका दिएको उनले बताएका थिए । ‘चुनावको बेला माओवादी केन्द्रले काँग्रेससंग मिलेर धेरै ठाउँमा चुनाव जित्यो, काँग्रेसकै सहयोगमा लामो समय सम्म सत्तामा रह्यो फेरी सत्तामै बस्नको लागि माओवादी केन्दका्र अध्यक्षले हामिलाई धोका दिए ।’, उप सभापति खड्काले भने ।

नेपाली काँग्रेस एक्लै चुनाव लड्न सक्ने हैसियत भएको पाटी भएको उनको भनाई छ । अघिल्लो चुनावको बेला गठबन्धन गर्दा ठुलो पाठ सिकेको काँग्रेस अव आउने चुनावमा एक्लै चुनाव लडेर बहुमत ल्याउने उनको दावि थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *