पशुपन्छीमा लाग्ने रोगको बारेमा सरोकारवालासंग छलफल

पशुपन्छीमा लाग्ने रोगको बारेमा सरोकारवालासंग छलफल

"0" Comments

रुकुम पश्चिम  । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा शुपन्छीहरुको महामारी जन्यरोग नियन्त्रणको लागि सरोकारवालाहरुसंग १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पशु सेवा शाखा मुसीकोट नगरपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा शुपन्छीमा लाग्ने विभिन्नि किसिमका रोगको विषयमा जानकारी गराईएको थियो । पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमिक्त कार्यालय प्रमुख शेरबहादुर खड्काले पशुपन्छिहरुमा लाग्ने रोगको बारेमा सहभागिहरुलाई जानकारि गराएका थिए । जिल्लामा पशुपन्छिमा लाग्ने रोग, नियन्त्रण र सम्वन्धित निकायले गरेको कामको बारेमा खड्काले जानकारी गराएका हुन् ।

कार्यक्रममा खोरेत, पिपिआर, रानीखेत, रेविज, सुंगुरान लनग्ने हैजा, लम्पीस्क्नि र प्रुसेलोसिस रोगको बारेमा जानकारी, रोकथाम, औषधि, जिल्ला यी रोगको अवस्था र नियन्त्रणका उपाय लगायत विषयमा जानकारी गराइएको हो ।

कार्यक्रममा किसान, मासु पसल तथा डेरी पसलका सञ्चालहरु, जनप्रतिनिधि र विभिन्न सरोेकारवाला निकायहरुको सहभागिता रहेको थियो । सामाजिक विकास समिति संयोजक एक्कबहादुर पाण्डको अध्यक्षतामा भएको कार्यक्रममा पशु सेवा शाखा प्रमुख सरस्वती सापकोटाले कार्यक्रमको बारेमा जानकारी दिइकी थिइन । कार्यक्रमको सञ्चालन पशु सेवा प्राविधिक शिवराज महताराले गरेका थिए ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *