गत आर्थिक बर्षमा सिस्ने गाउँपालिकाले कृषि क्षेत्रमा ८९ लाख खर्च गर्यो
गत आर्थिक बर्षमा सिस्ने गाउँपालिकाले कृषि क्षेत्रमा ८९ लाख खर्च गर्यो
रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिकामा गत आर्थिक वर्ष २०८०/८१ मा कृषि क्षत्रमा ८९ लाख बजेट खर्च भएको छ । गाउँपालिकामा १ करोड ४२ लाख रुपैंया बजेट कृषि क्षेत्रमा खर्च गर्नको लागि विनियोजन भएको थियो । तर गत आर्थिक बर्षमा कृषि क्षेत्रमा खर्च गर्ने भनेर आएको बजेट भने पुरै खर्च हुन सकेन ।
१ करोड ४२ लाख बजेट आएकोमा जम्मा ८९ लाख मात्र खर्च भएको हो । गाउँपालिकामा गत आर्थिक वर्षमा गाउँपालिकाले २३ लाख, संघीय बिशेष अनुदान ४० लाख, संघीय शसर्त अनुदान ३८ लाख, प्रदेश शसर्त अनुदान४१ लाख गरेर कुल १ करोड ४२ लाख बजेट कृषि क्षत्रमा आएको गाउँपालिका कृषि अधिकृत क्षितिज खनालले जानकारी दिए ।
जसमा गाउँपालिकाको २३ लाख मध्य २० लाख, संघीय बिशेष अनुदान तर्फको ४० लाख मध्य ३८ लाख, संघीय शसर्त अनुदान तर्फको ३८ लाख मध्य १९ लाख र प्रदेश शसर्त अनुदान तर्फको ४१ लाख मध्य १२ लाख मात्र खर्च भएको हो ।
गाउँपालिकाको स्रोत मध्य राजश्व बाँडफाँड शिर्षकको रकम निकासा नहुनु, प्रदेशबाट बजेट र कार्यक्रमहरु आर्थिक कर्षको अन्तिममा आउनु र रकम पनि अन्त्यमा निकासा हुदा पनि बजेट कार्यन्वयनमा समस्या भएको कृषि अधिकृत खनालले जानकारी दिए ।
त्यस्तै कृषि शाखाले गत आर्थिक बर्ष गाउँपालिकाका कृषकहरुलाई खाद्यान्न, तरकारी र अन्य बालिको बीउ पनि वितरण गरेको जनाएको छ । ७ सय ९० जनालाइ ४२ क्विन्टल गहुको बीउ अनुदानमा वितरण गरिएको थियो । उक्त अनुदानमा वितरण गरिएको गहुको बीउबाट ८ हेक्टर क्षेत्रफलमा उन्नत गहू उत्पादन भएको थियो । त्यस्तै ७ सय ७० जना किसानलाई १२ क्विन्टल उन्नत जातको लसुनको बीउ पनि वितरण गरिएको कृषि अधिकृत खनालले बताए ।
प्रथम त्रैमासिकमा १२ सय कृषकलाइ हिउँदे तरकारी तथा तेस्रो त्रैमासिकमा ८ सय किसानलाई बसन्ते विभिन्न जातका तरकारीको बीउ वितरण गरिएको थियो । गाउँपालिका अन्तरगत पकेट क्षत्र विकास कार्यक्रम अन्तरगत वडा नं १, २, ७ र ८ मा रहेका स्याउ/ओखर पकेट कार्यक्रम संचालन गर्ने समुह तथा सहकारीको माग अनुसरा ५ स्थानमा स्याउ÷ओखर फलफुल खेति सम्वन्धि तालिम संचालिन गरिएको थियो
त्यस्तै साना सिचाई कार्यक्रम अन्तरगत वडा नम्वर ३ बोजेरीमा करिव १.५ हेक्टर सिचाइ हुने क्षेत्रमा करिव ४ सय मिटर लामो सिचाइ कुलो निर्माण गरिएको थियो । त्यस्तै पालिकामा रहेका कृषि फम, सहकारी तथा कृषकहरुको बारीमा देखिने रोग किराको समस्याको लागि पनि वडाको समन्वयमा प्राविधिकहरुबाट बालि उपचार गरिएको कृषि शाखाले जनाएको छ ।