सुमनको परिवारलाई कर्मचारी बिमा बाफतको ७ लाखको चेक हस्तान्तरण
सुमनको परिवारलाई कर्मचारी बिमा बाफतको ७ लाखको चेक हस्तान्तरण

रुकुम पश्चिम । रुकुमको मुसिकोट नगरपालिका–१ घरभइ टेकमाइण्डस नेटवर्क मुसीकोट शाखामा कार्यरत भई कामकै क्रममा ज्यान गुमाएका सुमन थापाको परिवारलाई मृत्यु दावी रकम हस्तान्तरण गरिएको छ ।
विगत लामो समयदेखी यस शाखामा कार्यरत २४ बर्षिय थापाको ईन्टरनेटको फाईबरतार विस्तारको क्रममा करेन्ट लागेर गत पुस २५ गते मृत्यु भएको थियो ।
थापाको परिवारलाई कर्मचारी बिमा बाफतको ७ लाख रुपैँयाको चेक हस्तान्तरण गरिएको प्रदेश प्रबन्धक संगम विहानीले जानकारी दिए । शुक्रवार टेकमाइण्ड्स नेट्वर्क मुसिकोट शाखा प्रमुख बिशाल बिष्ट र मृतकका दाइ सन्तोष थापा सहितको सहभागितामा रकम हस्तान्तरण गरिएको हो ।
यस अघि पनि कम्पनीको तर्फबाट १० लाख र कर्मचारीको तर्फबाट २ लाख रुपैँया सहयोग गरिएको थियो ।।